धादिङबेसी मलेखु सडक दुई ठाउँमा अवरुद्ध

धादिङबेसी मलेखु सडक दुई ठाउँमा अवरुद्ध

  • Kandara Samachar

  • शनिबार, अशोज १२, २०८१

  • 175
    SHARES
धादिङबेसी मलेखु सडक दुई ठाउँमा अवरुद्ध

धादिङ

सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ दारेगौडा र साघुटारमा सडक माथीबाट खसेको पहिरोले सडकपुर्ण रुपमा अवरुद्ध बनेको हो ।
केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।
पहिरोले ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए । पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले जोखिम अत्याधिक छ ।
अवरुद्ध सडक सफा गर्नका लागि ससस्त्र प्रहरी, जनपथ प्रहरी टाेली र स्थानिय बासिले सडक अवरुद्ध हटाउदै गरेपनि ठुलाे पहिराे हटाउन कठिनाइ भएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar