तिब्बतीलाई नागरिकता दिइएको विषय छानविनमा, २० वर्षअघि मरेकाे मानिसले सनाखत गरेकाे खुलासा

तिब्बतीलाई नागरिकता दिइएको विषय छानविनमा, २० वर्षअघि मरेकाे मानिसले सनाखत गरेकाे खुलासा

  • Kandara Samachar

  • बुधबार, अशोज ९, २०८१

  • 180
    SHARES
तिब्बतीलाई नागरिकता दिइएको विषय छानविनमा, २० वर्षअघि मरेकाे मानिसले सनाखत गरेकाे खुलासा


सीताराम अधिकारी/धादिङ ।

तिब्बतीलाई नागरिकता दिएकाे विषयमा २० वर्षअघि मृत्यु भएका हर्क बहादुर तामाङले सनाखत गरेकाे खुलेकाे छ । नेत्रावती डबजाेङ गाउँ पालिका वडा नम्बर १ का हर्कबहादुर २० वर्षअघि मृत्यु भएका व्यक्ति हुन् । उनले साेनाम तामाङ छाेराे बनाएर दिईएकाे भनिएकाे नागरिकतामा हर्कबहादुरले सनाखत गरेकाेपाईएकाे वडा अध्यक्ष ठाकुर गुरुङले बताउनुभयाे ।
विवादास्पद तिब्बती नागरिकलाई वंशजको नागरिकता दिइएको विषयमा छानविन भइरहेको छ तर नागरिकतामा हस्ताक्षर गर्ने अधिकृत र काम मिलाइ दिएका कर्मचारी भने जिल्ला प्रशासन कार्यालयमा भेटिएका छैनन् ।
एउटा जुवा खालबाट काठमाण्डौमा असोज ४ गते पक्राउ परेका सोनाम तामङलाई प्रहरीले सोधपुछ गर्दा ४ लाखमा नागरिकता किनेको आफ्नो घर तिब्बतको आम्दो घर भएको बताएपछि नागरिकताको किर्ते सम्बन्धी विषय छताछुल्ल भएको हो ।
उपत्याका अपराध अनुसन्धान कार्यालय टेकुले सोनामलाई नागरिकता दिलाउन बिचौलियकोे भूमिका खेलेका र काठमाण्डौमा बस्दै आएका धादिङको नेत्रावती डबजोङ गाउँपलिका वडा नम्बर १ का ३१ वर्षीय मदन बहादुर तामाङ, खनियाबास गाउँपालिका वडा नम्बर ५ का ५६ वर्षीय रामेश्वर रिजाल, सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नम्बर ४ का ५६ वर्षीय छिरिङ वाङदीन शेर्पा, र भारत घरभएका ५३ वर्षीय छिरिङ ढुण्डुपलाई पक्राउ गरि गत हप्ता अनुसन्धान गरेको थियो । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएपछि गत सोमबार नागरिकता किर्ते मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
सोनाम भने पहिल्यै पक्राउ परेकोले काठमाण्डौमाm जुवा मुद्दामा अनुसन्धानको क्रममा छन् । जुवा मुद्दाको अनुसन्धान सकिएपछि सोनामलाई समेत नागरिकता किर्ते मुद्दामा अनुसन्धानका लागि काठमाण्डौ प्रहरीले धादिङ पठाउने जनाएको छ ।
सोनामको आफूले भारत घरभएका ५३ वर्षीय छिरिङ ढुण्डुपलाई ४ लाख दिएर नागरिकता किनेको र बाबुको नाम समेत जानकारी नभएको भताएपछि घटनाको पर्दाफास भएको थियो ।
सोनामले जिल्ला प्रशासन कार्यालय धादिङमा २०८१ असार ६ गते जारी भएको २६–०१–८१–०३२१७ नम्बरको नागरिकता प्रशासकिय अधिकृत छत्रबहादुर अधिकारीले दस्तखत गरेको नागरिकता लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय धादिङकमा असार ६ गते सोनाम तामाङको नामको नागरिकता फोटो समेत टाँसेर जारी भएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले नागरिकता किर्ते मुद्दा अनुसन्धानको क्रममा रहेकोले अन्य कुरा भन्न नमिल्ने बताउनुभयो ।
वडा अध्यक्षको नियमित नियमित सिफारिस, मुचुल्का, आदी आउने, कर्मचारीले प्रशासकिय अधिकृतकोमा पेश भएपछि सनाखत गर्ने मानिस समेत आएपछि जिल्ला प्रशासनबाट नागरिकता जारी भएपनि किर्ते गरि नागरिकता लिएको अनुसन्धानबाट प्रमाणित भएको समयमा कर्मचारीले समेत कारबाही भोग्नु पर्ने जिल्ला प्रशासन कार्यालय धादिङका सूचनाअधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी युवराज अर्यालले बताउनुभयो ।
तिब्बती नागरिकलाई काठमाण्डौको एक होटलमा कागजपत्र लगेर दस्तखत गराउने कर्मचारी समेत मिलेमतो गरेको भनेर उपत्याका अपराध अनुसन्धान कार्यालयले अध्इान समेत गरेर जानकारी दिएको अवस्थामा कर्मचारीलाई छाडेर विचौलियालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिएको छ । कर्मचारीहरुमा खैलाबैला भएपछि एक साताअघि नै प्रशासकिय अधिकृत घररमा श्राद्ध परेको भन्दै विदा सलिएर बसेका छन् भने नागरिकता फाँटका नासु पदका व्यक्ति पनि कार्यालयमा भेटिनुभएको छैन ।
वडाबाट सिफारिस आएको बताइएको विषयमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ठाकुर गुरुङले जिल्ला प्रशाससन कार्यालयलाई आफूले यस किसिमको सिफारिस नदिएको बताएका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । संचारकर्मीकाे प्रश्नमा वडा अध्यक्ष गुरुङले २० वर्ष माथिका मानिसकाे सिफारिस दिँदा मुचुल्का समेत गर्ने गरिएकाे छ ।
नागरिकता लिएका साेनाम तामाङकाे बाबू भनिएका हर्कबहादुर २० वर्ष अघि नै मरिसकेका व्यक्ति भएकाेले यस किसिमकाे किर्ते सिफारिस वडाले नगरेकाेले बताउँदै किर्ते गर्ने सबैलाई कारबाहि गर्नुपर्ने बताउनुभयाे ।
नक्कली नागरिकता बनाएको आरोप लागेका सोनाम तामाङ जुवा मुद्दा अनुसन्धानपछि नागरिकता किर्तेमा छानविनका लागि ल्याइने छ ।
नागरिकताको विषय उठेपछि जिल्ला प्रशासन कार्यालयमा कर्मचारी संख्या कम भएको र एकजनामात्र अधिकृत भएपछि मानिसको घुइचो बढेको कर्मचारी वर्गमा खैलाबैला मच्चिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar