मार्क्सवादी चिन्तन र दृष्टिकोण लिएर युवाहरु अघिबढ्छ ः क्षितिज थेवे

मार्क्सवादी चिन्तन र दृष्टिकोण लिएर युवाहरु अघिबढ्छ ः क्षितिज थेवे

  • Kandara Samachar

  • मङ्लबार, भदौ २५, २०८१

  • 94
    SHARES
मार्क्सवादी चिन्तन र दृष्टिकोण लिएर युवाहरु अघिबढ्छ ः क्षितिज थेवे

रामहरि थापा/ धादिङ ।

माक्र्सवादी चिन्तन र दृष्ट्रिकोण लिएर युवा अघि बढ्नुपर्ने राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले बताउनुुभएको छ ।
राष्ट्रिय युवा संघ धादिङको ९ औँ जिल्ला अधिवेशनको मंगलबार धादिङबेसीमा उद्घाटन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष थेवेले सामाजिक न्याय प्राप्तिका लागि सँधै युवाहरु लाग्नुपर्ने बताउनुुभयो ।
युवाहरुको यात्रा सहि हुनका लागि बुुझाइ र दृष्ट्रिकोण सही हुनुपर्ने भएकोले राष्ट्रिय युवा संघमा आवद्ध हुन आग्रह गर्नुभयो ।
राष्ट्रिय युवा संघले अब टोलटोलसम्म खेलकुदका कार्यक्रम लैजाने योजना गर्ने छ । टोलटोलमा युवा उद्यमी बन्ने छन् । टोलटोलमा प्रशिक्षण संचालन गरि युवाहरुलाई मिसन ८४ का लागि युवा परिचालन गर्ने कार्यक्रम ल्याउने अध्यक्ष थेवेले बताउनुुभयो । राष्ट्रिय युवा संघले एक वर्षमा १० हजार युवा उद्यमी बनाउने योजना सहित काम गरिरहेको बताउँदै थेवेले विषयगत आधारमा युवा विज्ञ परिषद बनाएर विज्ञताको आधारमा काम गर्ने र सरकारलाई समेत काम गर्न वातावरण बनाउने बताउनुुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले युवाहरु समयानुकुल परिवर्तन भएर एकतावद्ध रुपमा मिसन ८४ पुरा गर्न अघि बढ्नुपर्ने बताउनुुभयो ।
नेकपा उमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले एमाले हार्ने पार्टी अब स्वीकार्य नभएको बताउँदै युवाले ध्वंसमात्र नर्भइ निर्माण लाग्नुपर्ने बताउनुुभयो ।
राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राष्ट्रिय युवा संघका उपाध्यक्ष अमित लामा, महाराज गुरुङ, महासचिव सुमन पुरी, नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन गोर्खाली, सचिव राधिका सापकोटा युवा संघ धादिङका पूर्व अध्यक्ष दिपक खतिवडा लगायतले शुुभकामना व्यक्त गर्नुभएको थियो । सबै वडा, पालिकाबाट आएका प्रतिनिधिहरुले राजनितिक तथा साँगठनिक प्रतिवेदनमाथी छलफल गर्ने र नेतृत्व निर्माण गरेर अधिवेशन सम्पन्न हुने राष्ट्रिय युवा संघ धादिङका सचिव हरीशरण जम्कट्टेलले जानकारी दिनुुभयो ।
———-
तस्वीर : सीताराम अधिकारी


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar