गर्भवती श्रीमतीको बच्चा निस्केनेगरि कुटपिट गर्दा मृत्यु, अभियुक्त हिरासतमा

गर्भवती श्रीमतीको बच्चा निस्केनेगरि कुटपिट गर्दा मृत्यु, अभियुक्त हिरासतमा

  • Kandara Samachar

  • बुधबार, साउन २३, २०८१

  • 352
    SHARES
गर्भवती श्रीमतीको बच्चा निस्केनेगरि कुटपिट गर्दा मृत्यु, अभियुक्त हिरासतमा

सुदिप अधिकारी/धादिङ ।

श्रमितिको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै श्रमितीलाई पेटमा अत्याधिक कुटपिट गर्दा बच्चा बाहिर निस्केर रगतसमेत बगरेर गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा एक युवतीको मृत्यु भएको छ ।
गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थाइ बसोबास गर्ने वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको आरोपमा भारत दार्जलिङ घर भएका ४९ वर्षीय प्रकाश मगर विरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा ०८१ साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
अघाृँखाँची जिल्ला मालारानी गाउँपालिका –२ माइती भएकि निशा र प्रकाश बिच गल्छी गाउँपालिका–६ बैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरि अस्थाइ बसोबास गर्दै आएका थिए । निशा गर्भवती भएको र पेटमा भएको बच्चा अर्केको भएको आरोपमा पटक पटक कुटपिट गर्दै आएका प्रकाश मगरले ०८१ साउन १८ गते राती पेटको बच्चा बाहिर निस्कनेगरि कुटपिट गर्दा मृत्यु भएको थियो ।
पटक पटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुंगानटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राती महेशदोभानमा आएर श्रीमतिको हत्या गरेको छिमेकीहरु समेत बताउँछन् । घाँटीमा सलले बेरेर निलडाम भएको पेटबाट बच्चा बाहिर निस्केको, रगतै रगत भएको अवस्थामा प्रहरीले शब भेटेपछि पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाण्डौ पठाएको छ ।
घटना भएपछि रक्सी खाएर बजारबासीलाई गाली गर्दै बसेका प्रकाश मगरलाई प्रहरीले साउन २० गते बेलुका गिरफ्तार गरेको र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि तथा प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar