बिरकाे विशेषज्ञ सेवाबाट ७ सय २५ ले लिए सेवा

बिरकाे विशेषज्ञ सेवाबाट ७ सय २५ ले लिए सेवा

  • Kandara Samachar

  • सोमवार, साउन ७, २०८१

  • 239
    SHARES
बिरकाे विशेषज्ञ सेवाबाट ७ सय २५ ले लिए सेवा

सुदिप अधिकारी /गल्छी

धादिङकाे गल्छीमा आयाेजित वीर अस्पताल र गल्छी गाउँपालिकाकाे निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय २५ जनाले सेवा लिएका छन् ।
वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार स्थित वागेश्वरी माविमा निः शुल्क स्वास्थ्य शिविर संचालन भएको हाे ।
नि:शुल्क विशेषज्ञ शिविरमा जनरल प्राक्टिस तथा जेष्ठ नागरिक, छाला तथा यौनरोग, सामान्य चिकित्सा, शल्य चिकित्सा, मुटुरोग, मुख तथा दन्त, छातीरोग, मधुमेह थाइरोइड, हाडजोर्नी, नाक कान घाँटी, मानसिक रोग, महिलारोग, रेडियोलोजी, प्रयोगशाला जाँच, औषधि वितरण तथा स्वास्थ्य शिक्षाको कार्यक्रमसमेत राखिएको थियो।
डा.नरेन्द्र खनालको संयोजकत्वमा आएको चिकित्सकहरुको टोलीमा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल तथा अन्य चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
शिविर उद्घाटन कार्यक्रममा गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु साथै स्थानीयको सहभागिता रहेको थियो ।
शिविर संचालनका लागि गल्छी गाउँपालिकाका कर्मचारी, बैरेनी अस्पतालका स्वास्थ्यकर्मीहरु, वागेश्वरी माविका शिक्षक बिद्यार्थी, स्काउटका प्रतिनिधि, स्थानीय सुरक्षाकर्मी, राजनैतिक दलका प्रतिनिधिहरु लगायतको सहयोग रहेको थियो ।
आफुलाई लागेकाे राेग र समस्या लिएर आउनेहरुलाई अस्पतालले शिविरमा उपचार हुन नसकेकाहरुका लागि वीर अस्पताल अाउन समेत भनेकाे वीर अस्पतालमा नवराज धितालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar