ग्राहक हत्याका मुख्य कसुरदारलाई जन्मकैद, सहयाेगीलाई ७ वर्ष कैद फैसला

ग्राहक हत्याका मुख्य कसुरदारलाई जन्मकैद, सहयाेगीलाई ७ वर्ष कैद फैसला

  • Kandara Samachar

  • बुधबार, असार २७, २०८१

  • 243
    SHARES
ग्राहक हत्याका मुख्य कसुरदारलाई जन्मकैद, सहयाेगीलाई ७ वर्ष कैद फैसला

नानू कार्की/ धादिङ,

अाफ्नाे हाेटलमा खाजा खाएका ग्राहक हत्या गरेका हाेटल संचालक अामा र छाेरालाई जिल्ला अदालतले कसुर कायम गर्दै जन्मकैद र ७ वर्ष कैद गर्ने फैसला गरेकाे छ ।
गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेकाे हाेटलकाे ग्राहक हत्यामा सम्लग्न मुख्य कसुरदारलाई जिल्ला अदालत धादिङले मंगलबार जन्मकैदगर्ने फैसला गरेकाे छ ।
जिल्ला न्यायधिस गिता श्रेष्ठको ईजलासले हाेटल सानदारका ग्राहक गल्छी गाउँ पालिका-८ का २७ वर्षीय विनाेद थापामगरकाे हत्यामा मुख्य कसुरदार २८ वर्षीय निरज पंडितलाई जन्मकैद गर्ने फैसला गर्नु भएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताउनुभयो । हत्यामा सहयाेग गरेकाे कसुरमा हाेटल संचालक ४८ वर्षीया सरस्वती पनेरुलाई ७ वर्ष कैद गर्ने फैसला गरिएकाे छ । पनेरु र पंडित आमाछाेरा हुन् ।

०८० बैशाख २७ गते साँझ निबुवाबाेटेमा रहेकाे हाेटल सानदारमा खाजा खाएर बिल तिर्ने क्रममा विवाद भएपछि थापामगरकाे छुरा राेपेर हत्या गरिएकाे थियाे ।
घटनामा सम्लग्न भएकाे सम्लग्न भएकाे अाराेप लागेर पुनरावेदन अदालतले धराैटीमा छाडिएका पाल्पा जिल्ला तानसेन नगरपालिका-१४ का किरण रानाले ०८१ असार १३ गतेकाे कसुर कायम नगरि सफाइ दिईएकाे थियाे ।
होटल सानदारमा खाजाखान आएका थापामगरसंग अन्य २ जना पनि थिए उनिहरुले खाजा खाएपछि होटल संचालक सरस्वती पंंडितलाई पैसा दिए । १ हजार १ सय रुपैयाँ पैसा तिर्नुभएपछि दिइएको १ हजार ५ सयबाट ४ सय रुपैयाँ फिर्ता लिनेक्रममा भनाभन भएपछि छोरा निरजलाई बोलाएर छुरा हानि माेटरसाईकलले समेत हानि हत्या गरेका थिए ।
घाइते थापामगरको उपचारका लागि नर्भिक अस्पताल पुर्याएपछि मृत्यु भएको थियो । शब त्रिभुवन शिक्षकण अस्पतालमा पोष्टमार्टम गरियाे ।
०८० बैशाख २८ गते ईलाका प्रहरी कार्यालय गजुरीमा उजुरी गरिएकाे थियाे । जिल्ला अदालतमा ०८० जेठ २१ गते दर्ता भएकाे ज्यान सम्बन्धि कसुर मुद्दामा जेठ २४ गते पुरपक्षका लागि थुनामा राख्न अादेश गरिएकाे थियाे ।
२० पटककाे पेसीमा मुद्दा फैसला हुँदा ३ पटक प्रतिवादीकाे वकिलबाट र ३ पटक सरकारी वकिलबाट मुद्दा स्थगित भएकाे थियाे ।
–––


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar