राेकेकाे गाडीमा अज्ञात व्यक्तिको ब्रिफकेस, बिचबजार क्षेत्र सिल

राेकेकाे गाडीमा अज्ञात व्यक्तिको ब्रिफकेस, बिचबजार क्षेत्र सिल

  • Kandara Samachar

  • बुधबार, असार २०, २०८१

  • 277
    SHARES
राेकेकाे गाडीमा अज्ञात व्यक्तिको ब्रिफकेस, बिचबजार क्षेत्र सिल

सीताराम अधिकारी
धादिङ ।
धादिङबेसी बिचबजार चोक नजिक पार्किङ गरी राखेको गाडीमा अज्ञात व्यक्तिले ब्रिफकेस राखेपछि बजार तनाव भएकाे छ ।
त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको पार्क गरेर राखेको बा १६ च ९१७२ नम्बरको गाडीमा एक ३०/३५ वर्षका अज्ञात व्यक्तिले सुटकेश राखेर हिँडेका थिए ।

‘राताे गाडीकाे लक खुल्ला रहेछ, ती व्यक्तिले सुटकेश राखेर हिँडेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी गौतम केसीले भने, ‘शंकास्पद लागेपछि हामीलाई खबर आएको थियो ।’
शंकास्पद झाेला गाडिमा राखेर हिडेका व्यक्ति धादिङबेसी क्षेत्रमा देखियका थिएनन् । शंका लागेकाेले सुटकेस राखिएकाे ठाउँमा सिल गरिएकाे छ । पसलहरु बन्द गरिएकाे छ । नेपाली सेनाकाे बम डिस्पाेजल टाेली घटनास्थल अाएर डिस्पाेज गर्ने केसीले बताए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar