गल्छी गाउँपालिका १ नम्बर वडा जिल्लाको पहिलो बालमैत्री वडा घोषणा

गल्छी गाउँपालिका १ नम्बर वडा जिल्लाको पहिलो बालमैत्री वडा घोषणा

  • Kandara Samachar

  • बुधबार, चैत्र १९, २०८१

  • 232
    SHARES
गल्छी गाउँपालिका १ नम्बर वडा जिल्लाको पहिलो बालमैत्री वडा घोषणा
धादिङ
धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा बुधबार घोषणा भएको छ ।
३ वर्षदेखि स्थानीय बालमैत्री शासन अन्तरगत पूर्व तयारी स्वरुप गल्छी गाउँपालिकाले गुरु योजना बनाएर बालमैत्री कार्यक्र संचालन गरेका कारण बालमैत्री शासनयुक्त वडा घोषणा सम्भव भएको वडा अध्यक्ष यदुकुमार खतिवडाले बताउनुुभयो ।
वडा कार्यालयमा बुधबार विषेश समारोहको आयोजना गरि वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले उद्घाटन गर्दै गौरवपूर्ण क्षणले अरु वडा र पालिकालाई समेत सन्देश दिएको बताउँदै बालमैत्री वडा हुनुभनेको समग्र विकास हुनुभएको बताउनुुभएको छ ।
गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले गाउँपालिकाले सुनौलो भविश्यका लागि बालबालिकाको क्षेत्रमा लगानी गरेको बताउँदै दिर्घकालिन रणनिति बनाएर बालमैत्री वडाहरु र पालिका बनाउने काम गरिरहेको बताउनुुभयो ।
गल्छी गाउँपलिकाले बालबचाउ, संरक्षण, विकास र सहभागिता तथा सस्थागत संरचनामा गरेको लगानी, वडामा भएको बालमैत्री शाचसन र नितिगत रुपमा भएको कामको सन्दर्भमा जिल्ला अनुुगमन समितिले अनुुगमन गरि स्थलगत रुपमा दिएको प्रतिवेदन र स्वीकृतिपछि पालिकाले वडा घोषणाको कायृक्रम गरेको हो ।
वडा कार्यालयबाट मैदानसम्म बालबालिकाहरुले बालअधिकार सुनिश्चितताको नारा लगाउँदै र्याली गरेका थिए ।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पालिकाको तर्फबाट वडा नम्बर १ का अध्यक्ष यदुकुमार खतिवडालाई बालमैत्री स्थानीय शासनयुक्त वडाको प्रमाणपत्र दिनुुभएको थियो भने कार्यक्रममा सहभागिहरुले बालअधिकारप्रति पूर्ण प्रतिवद्धता जनाउँदै सामुहिक हस्ताक्षर समेत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, जिल्ला समन्वय अधिकारी राम आश्रय यादव, नेकपा एमालेका राजकुमार रिमाल, नेकपा माओवादी केन्द्रका सीताराम खतिवडा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सीताराम अधिकारी, गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णहरी श्रेष्ठ लगायतले शुुभकामना व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar