पाँच वर्षदेखि परिवारबाट बिछाेडिएका दुई बालिकाले बाबुआमा भेटे, घर बस्न मानेनन्

पाँच वर्षदेखि परिवारबाट बिछाेडिएका दुई बालिकाले बाबुआमा भेटे, घर बस्न मानेनन्

  • Kandara Samachar

  • मङ्लबार, माघ १५, २०८१

  • 280
    SHARES
पाँच वर्षदेखि परिवारबाट बिछाेडिएका दुई बालिकाले बाबुआमा भेटे, घर बस्न मानेनन्

– नानु कार्की /धादिङ।

 

दुई साता अघि गल्छी गाउँ पालिका वडा नम्बर ५ पाल्चाेकका राजन भण्डारीले फाेन गरेर पाँच वर्षदेखि आफुले राखेकाे दुईजना बालिकाकाे नागरिकता बनाउने विषयमा सहयाेग  माग्नुभयाे ।

२१ वर्षीया बिमला र १९ वर्षीया जीतकुमारी भन्ने पुर्णिामा पुनमगर दाङकाे खाेलीगाउँका नानिहरु पाँचवर्षदेखि पालेर छाेरी बनाएर राखेकाेले के कसरी नागरिकता दिलाउने भन्ने बालिकाका संरक्षक राजन भण्डारी र सीता भण्डारीकाे प्रश्न थियाे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा  तथा अधिकारकर्मीकाे सीताराम अधिकारीले दाङका इन्सेक प्रतिनिधि जयनारायण पुनलाई खाेलीगाउँका बाबु पुर्णबहादुर पुन मगर र आमा पवित्रा पुनमगर खाेजी गर्न आग्रह गरे ।

दुइदिनपछि घर पत्ता लागेपछि छाेरीहरु लिएर संरक्षक भण्डारी दाङ खाेलिगाउँ पुगे ।

घोराही उमनपा-१९ खाेलीगाउमा बालिकाहरुले भनेकाे स्थानमा घरमा बाबुअामाले छाेरी र संरक्षकलाई स्वागत गरे । वडाले बिछाेडबाट घर भेटायका परिवारकाे लागि जन्मदर्ता र नागरिकता सिफारिस गरेपछि दाङबाट १९ वर्षीया पुर्णिमाकाे नागरिकता बन्याे । विमलाकाे धादिङमा नै संरक्षकले विवाह गरिदिएका कारण धादिङबाट नागरिकता बनाउने छिन् ।

५ वर्षपछि बिछाेडिएकाे परिवार भेटेका बिमला र पुर्णिमा जन्म घरमा बस्न मानेनन् ।

अाफुलाई संरक्षण दिएकाे घरमा नै अाफ्नाे बाबुअामा भएकाे भन्दै गल्छी फर्किनुभयाे ।

इटाभट्टामा काम गर्न धादिङको गल्छी गाउँपालिका-७ पुगेका घोराही उपमनपा-१९ का  पुर्णिामा र २० बिमलाले बेपत्ता भएको पाँच वर्षपछि परिवार भेटेका छ्न् ।

 हराएका बालिकाहरूले बुबा, आमा र परिवार भेटेका हुन् । कोरोना महामारीको क्रममा हराएका बालिकाहरूलाई गल्छी गाउँपालिका-५ पाल्चोकका राजन भन्डारी, सीता भण्डारीले छाेरीकाे बनाएर संरक्षण गरि राखेका थिए । गाउँमा हराएका बालिका अलपत्र परेकाे अवस्थामा २०७६ मा उद्धार गरि  घरमा लक्षमीकाे रुपमा भित्र्याएकाे र  उनिहरुकाे परिवार फेला परेकाेमा खुसि छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar