
धादिङ ।
धादिङको रुबी भ्याली गाउँपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा लिपी शिक्षा विषय सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्नु भएको छ ।
भाष्ा तथा लिपि सम्बन्धि पाँच दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा भाषा नीति निर्माण तथा तामाङ मातृभाषामा शिक्षा लिपी विषयका बरिस्ठ प्रशिक्षक एवं तामाङ भाषाविद् डा अजितमान तामाङको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
तामाङ जातिको भाषा–लिपी जर्गेना गर्ने तथा भाषा सम्वन्धी प्रशिक्षण प्रदान गर्ने उद्देश्यले तामाङ–लिपी सम्वन्धी प्रशिक्षण सुरु गरिएको र आफ्नो भाषा लिपीमा बोल्न मात्र नभई लेख्न समेत सिकाउने उद्देश्यले पहिलो पटक विद्यालयका शिक्षकहरुलाई भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले धादिङ प्रेसलाई बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले सबै विद्यालयमा तामाङ भाषाको लिपी पाठ्यक्रम सुरु गर्नुको साथै तामाङ भाषा, लिपि प्रवर्द्धन तथा सामुदायिक अधिकारलाई सुनिश्चित गर्नका लागि कार्यक्रम तथा प्रशिक्षण गर्नु भएको छ ।