
धादिङ /
प्यालदाेर हिमालकाे फेदीमा पर्ने रुबिभ्याली गाउँपालिका वडा नम्बर १ लिंजोमा संचालन भएको पाँच दिने खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम शुक्रबार सम्पन्न भएको छ ।
डिभिजन बन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयेजनामा रुबभ्यिाली क्षेत्रका चौँरी पालक, भेडा पालक र बाख्रा पालक किससानहरुका लागि खर्क व्यवस्थाक सम्बन्धी प्रशिक्षक तालिममा किसानहरु सहभागि थिए ।
डिभिजन कन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षमा भएको तालिम समापन समारोहमा तालिम समापनका अबसरमा किसानहरुले किसानहरु उत्साही हुँदै आगामी दिनमा चौरी भेडा र बाख्रा पालन सम्बन्धी सीप सिकेर व्यवसायिकतातर्फ लाग्ने बताएका छन् ।
लेकाली पशुहरु संरक्षण र व्यवसायिकताका लागि तालिम लिएका किसानहरुमध्येबाट वि बहादुर तामाङको अध्यक्षतामा चौरी पालक समूह, सेर बहादुर तामाङको अध्यक्षतामा भेडा पालन समूह, ए बहादुर तामाङको अध्यक्षतामा बाख्रा पालन समूह समेत गठन गरिएको छ ।
तालिमको अबसरमा सहभागि किसानहरुले २ ओटा भेडा फार्म, एक ओटा चोँरी फार्मममा प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । तालिममा खर्क, चौरी, भेडा पालनका समस्या, पशुहरुमा लाग्ने रोग र व्यवस्थापनका बारेमा छलफल भएको र तालिमको सहजीकरण डिभिजन बन कार्यालय प्रमुख विष्णु आचार्य, उमेश घले, सुनिल सापकोटाले गर्नुभएको थियो ।
आठ हजार भेडा रहेको, ३ सय चौँरी र तेल्मा रहेको, याक १० ओटा र नाक १७ मात्र रहेकोले संरक्षण्मा लागेर यसबाट आम्दानी गर्न किसानहरुले प्रतिवद्धता जनाएका छन् ।
उन्नत, व्यवस्थित, आम्दानीको श्रोत बनाउन तालिमपछि किसानहरु प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् । तालिममा ३१ जना किसान सहभागी थिए ।
उत्साहपूर्ण र सहभागिमूलक तालिम रहेको भन्दै डिभिजन बन कार्यालय प्रमुख आचार्यले आगामी दिनमा डिभिजन बन कार्यालयले कृषि, पशुविकास कार्यालय लगायतसंग समन्वय गर्ने र जिविकोपार्जनमा सघाउने बताउनुभएको छ ।
सम्बन्धित समाचार