ताेरण नदी तारेपछि पशुपतिकाे जात्रा सकियाे

ताेरण नदी तारेपछि पशुपतिकाे जात्रा सकियाे

  • Kandara Samachar

  • शनिबार, मंसिर १५, २०८१

  • 30
    SHARES
ताेरण नदी तारेपछि पशुपतिकाे  जात्रा सकियाे

धादिङ

शुक्रबार साँझबाट सुरु भएको धादिङबेसी स्थित पशुपति मन्दिरको जात्रा सकिएको छ ।
थाेपल खाेलामा फुलले सजाईएकाे ताेर तारेपछि जात्रा सकिएकाे थियाे ।
बाला चतुर्दशीको अघिल्लो रात भक्तजनहरुले जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने गर्दछन् ।
पितृहरुको सम्झनामा रातभर मन्दिर प्राङ्गढमा बसेर बत्ति बाल्दै भजनकृतन गर्ने र विहान भएपछि सतविज छर्ने चलन रहिआएको छ। रातभर बालेको बत्ति र फुलअछेता नजिकैको खोलामा स्नान गरेर सेलाउने चलन छ । जात्रामा भजनकिर्तन गर्ने र रातभर जागाराम बसेर पितृहरुकाे नाममा महाद्विप बाल्ने गरिन्छ ।
गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिज छर्ने चलन छ ।
मनोकामना पुरा होस् भनेर घरमै पुजा लगाएर फुलको डोली पनि लैजाने चलन छ । फुलको डोली ल्याउने भक्तजनहरुले नीलकण्ठ–१२ मा रहेको मन्दिर परिसरबार नीलकण्ठ–३ को पिपलबोटमा फुलको तोरन तार्ने प्रचलन रहेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका–१२ सांकोषमा रहेको पशुुपति मन्दिरमा यो वर्ष एक हजार किलो र सात सय किलोको दुुई वटा तोरन टागिएको छ ।
पहिलेकाे तुलनामा भव्य मेला लागेकाे भक्तजनहरुकाे भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar