प्रवासी नेपाली मञ्च मकाउको अध्यक्षमा राेजन लामा निर्वाचित

प्रवासी नेपाली मञ्च मकाउको अध्यक्षमा राेजन लामा निर्वाचित

  • Kandara Samachar

  • बुधबार, अशोज १४, २०८३

  • 57
    SHARES
प्रवासी नेपाली मञ्च मकाउको अध्यक्षमा राेजन लामा निर्वाचित

काठमाडौं ।

प्रवासी नेपाली मञ्च मकाउको चौथो राष्ट्रिय अधिवेशन बुधबार मकाउस्थित एशियन फुड रेस्टुरेन्टमा सम्पन्न भएको छ। अधिवेशनले रोजन लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

अधिवेशनबाट अध्यक्षमा रोजन लामा, उपाध्यक्षमा खम्बराज केसी, सचिवमा अमृत गौतम तथा उपसचिवमा सरोज शर्मा वली र सुरेश थापा निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा हर्कराज गुरुङ, नवराज लम्साल, सम्झना भुषाल, उदय मानन्धर, दिपेश उप्रेती र रोहित लामिछाने निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिलाई प्रवासी नेपाली मञ्च मकाउका सदस्य तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

नयाँ नेतृत्वले मकाउमा रहेका नेपालीहरूको हकहित, आपसी एकता, सहयोग र नेपाली भाषा, संस्कृति तथा पहिचानको संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar