धादिङका पाँच पालिकामा खानेपानी र सडक सखाप

धादिङका पाँच पालिकामा खानेपानी र सडक सखाप

  • Kandara Samachar

  • बुधबार, अशोज १६, २०८१

  • 108
    SHARES
धादिङका पाँच पालिकामा खानेपानी र सडक सखाप

नानु कार्की/ सुदिप अधिकारी/ रामहरी थापा
धादिङ ।

असोज १०, ११ र १२ गतेको अत्याधिक वर्षाका कारण धादिङको दीषणी भाग अत्याधिक रुपमा प्रभावित भएको छ । खानेपानी र सडक ८० प्रतिशतभन्दा बढी क्षति पुगेको स्थानीय सरकारहरुले जानकारी दिएका छन् ।
धुनीबेसी नगरपालिकाको खानेपानी हाहाकार डरलाग्दो अवस्थामा पुगेको छ । मुहान नभएपछि १३ ओटा योजनामा डिप बोरिङ गरेर पानी निकालिएको थियो । काेट खानेपानी याेजनाकाे ९८ घरले डिपबाेरिङबाट पानी खाने गरेकाेमा पानी बन्द भएपछि ५ दिनदेखि पानी किनेर खाने गरेकाे र अाधा उपभाेक्ता २ घ्टातल पानी लिन जानू परेकाे उपभोक्ताकाे गुनासाे छ ।
धुनिबेसीमा १३ डिप बाेरिङकाे १ हजार ३ सय घर डिप बाेरिङ बन्द भएपछि प्रभावित भएकाे छ ।
ठूलो वर्षा र बाढी पहिरोपछि सबै खानेपानी योजना बन्द भएको छ ।
असोज ११ गतेदेखि विद्युत सेवा अवरुद्ध भएपछि खानेपानी नपाएका उपभोक्ताहरु समस्या परेपनि यसतर्फ पालिकाले मात्र काम गर्न नसकेका कारण छिटो विद्युत सेवा संचालन गर्न खानेपानी मर्मतका लागि सघाउन संघीय सरकारसंग नगरपालिका प्रमुख बालकृष्ण आचार्यले आग्रह गर्नुभएको छ । धुनीबेसी नगरपालिकामा ६० ओटा अन्य खानेपानीको योजनामा साना ठूला क्षति भएपछि पालिकाभरी नै खानेपानीको हाहाकार भएको छ भने केही धारामा आएको पानी धमिलो भएकोले रोग लान्सक्ने अवस्थामा पानी पिउन बाध्य भएका छन् ।
धुनीबेसी नगरपालिकामा १० घरमा क्षति पुगेकोले तत्काल राहत दिनुपर्ने अवस्था रहेको छ ।
बेनिघाटरोराङ गाउँपलिकामा २५ भन्दा बढी खानेपानी योजनाहरुमा क्षति पुगेको सूचना खानेपानी तथा सरसफाइ डिभिजन न.ं २ कार्यालय धादिङमा सूचना टिपाएको भएपनि यकिन तथ्यांक नआएको सूचना अधिकारी विवश प्याकुरेलले जानकारी दिनुभयो । बेनिघाटको क्षतिका बारेमा गाउँपालिका सूचना अधिकारी परशुराम घिमिरेलाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन भने खानेपानी सरसर्फा बोर्ड समेत गठन भएकोले बोर्डका कर्मचारी अर्चिता उप्रेती पनि घटनाको विवरण दिनका लागि सम्पर्कमा आउनुभएन ।
बेनिघाटरोर।ाङ ७ मा रहेको चरौँदीबाट गोरखा जोड्ने झेलुंगे पुलमा त्रिशुली नदीको बाढीले क्षति पुर्याएकोले विद्यार्थी र कृषकहरु आवतजावत गर्न पाएका छैनन् । यसैगरि बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० बाट गोरखा जोड्ने पुल चुडिएपछि शंखादेवि आउनुपर्ने विद्यार्थी र तरकारी विक्रि गर्न आउनुपर्ने किसान आउन नपाएको शंखादेवि माविका सहायक प्रधानाध्यापक तिलक चेपाङले बताउनुभयो ।
गल्छी गाउँपालिका ६ घर मानिस बस्न नहुनेगरि भत्किएर विस्थापित भएको छ । २० ओटा खानेपानी योजनाहरु क्षति पुगेकोले नागरिकहरु धमिलो पानी खान बाध्य भएका छन् । सडक यातायात पूर्ण रुपले क्षति पुगेकोले मर्मत गर्नुपर्ने अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष केदार खतिवडाले जानकारी दिनुभयो ।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनु भएन । गजुरी गाउँपालिकामा २० भन्दा बढी खानेपानी योजनामा बाढी पहिरोले क्षति पुर्याएको, ५ ओटा घर भत्किएको सूचना आफूले पाएको गाउँपालिकाका सामाजिक कार्यकर्ता तथा पूर्व वडा अध्यक्ष रामचन्द्र मिजारले जानकारी दिनुभएको छ ।
सरकारले तिनदिन भित्र सूचना पठाउनु भनेपनि जिल्ला विपद व्यवस्थापन समितिसंग यसििकसिमका सूचनाहरु नआएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताउनुभयो । शिक्षा, स्वास्थ्य कृषि र भेटनरी अस्पतालहरुमा पालिकाको क्षतिका बारेमा सूचना नै नभएको जनाएको छ ।
थाक्रे गाउँपालिकामा खानेपानीका धेरैजसो योजनाहरुमा क्षति पुगेकोले खानेपानीको सबैभन्दा बढी समस्या रहेको र ३ विद्यालयमा वर्षपछिको बाढीपहिरोले क्षति पुर्याएको बताउनुभयो ।
लितिमहांकाल मावि, उजुवादेवि आवि र शिलादेवी आवी क्षति पुगेकोले यसलाई बाहिरबाट संरक्षण गर्ने कार्यक्रम ल्याउन विद्यालयहरुले अनुरोध गरेको थाक्रे गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गादेवी खड्काले बताउनुभयो ।
लितिमहांकाल माविमा २ सय ९१ जना विद्यार्थी ररहेको अवस्थामा विद्यालय आउन समेत विद्यालयको पर्खाल लडेर खोलातिर पुगेका कारण विद्यालयमा विद्यार्थी आउन नसक्ने भएकोले विद्यालय नै बन्द भएको र छिटो संरक्षण गर्ने कार्यक्रम ल्याएर विद्यालय भवन जोगाउन विद्यालयका प्रधानाध्यापक ओमप्रसाद सापकोटाले बताउनुभयो ।
जिल्ला विपद व्यवस्थापन समितिमा यसकिसिमको कुनैपनि जानकारी नै छैन ।
पाच पालिकाकाे ८० प्रतिशत ग्रामीण सडक र खानेपानी पन: निर्माण गर्नुपर्ने अवस्थामा छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar