नाैबिसे मुगलिन राजमार्ग अवरुद्ध, मुगलिन नारायणघाटमा बस नदीमा खस्याे

नाैबिसे मुगलिन राजमार्ग अवरुद्ध, मुगलिन नारायणघाटमा बस नदीमा खस्याे

  • Kandara Samachar

  • शुक्रबार, असार २९, २०८१

  • 124
    SHARES
नाैबिसे मुगलिन राजमार्ग अवरुद्ध, मुगलिन नारायणघाटमा बस नदीमा खस्याे

रामहरी थापा/ धादिङ ।

एकसातादेखिकाे लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्गकाे नाैबिसे मुगलिनखण्ड ठाउँठाउँमा पहिराे खसेर अवरुद्ध भएकाे छ ।
बेनिघाटराेराङ गाउपालिकामा पर्ने सलाङघाट क्षेत्रमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्घ भएकाे स्थानीय ले बताउनुभयाे ।
जाेगिमारा क्षेत्रमा सडक माथि खनिएकाे सडककाे लेदाे पहिराे सडकमा खसेर राजमार्ग अवरुद्ध भएकाे छ ।
यतिखेर राजमार्ग क्षेत्रमा रातभर पानी परिरहेकोले पहिराे पन्छाउन केही समय लाग्ने छ ।
गल्छी, बैरेनी, खयरघारी, घाटबेसी, राजमार्ग एकतर्फी मात्र खुलेकाे छ ।

सडक डिभिजन कार्यालय र राजमार्ग निर्मनण कम्पनिकाे डाेजरकाे सहायताले पहिराे पन्छाउने कार्य भईरहेकाे छ ।
पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट राेराङकाे जाेगिमारा क्षेत्रमा पनि पहिराे खसेकाे छ । राजमार्ग माथि सडक खनेका कारण पहिराे झरिरहेकाे, र लेदाे खसेर सडक एकतर्फी भएकाे स्थानीयले जानकारी दिएका छन् । गल्छी बैरेनी क्षेत्रमा सडकमा जमेकाे लेदाे हिलाेका कारण साना सवारी लेदाे पन्छाएपछिमात्र संचालन हुने अवस्थामा छ ।

एकसातादेखिकाे वर्षाका कारण एकदर्जन भन्दा बढि स्थानमा सडक एकतर्फी भएकाे छ ।
लगातार पानी परिरहेकाे समयमा सडकमा सवारि चलाउनु बढि जाेखिम भएकाेले सावधानी अपनाउन अाग्रह समेत गरिएकाे छ ।

नारायणघाट मुग्लिम सडक खण्डमा पहिरोमा परि २ बस बगाएकाे छ ।
बिरगंज काठमाण्डौ एन्जल बसमा २४ जना र काठमाण्डौ गौर बसमा ४१ जना रहेकाे बस पहिराेमा परेकाे हाे ।
चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाएको प्रहरीले जनाएकाे छ ।
बुटवलबाट काठमाण्डौ लु २ ख ६५६६ नं बसको चालकको डुंगाले लागेर मृत्यु भएकाे छ । ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको चितवनका डीएसपी भेषराज रिजालले बताए ।
मुगलिन नारायणघाट सडक खण्ड ठाउठाउमा पहिराेले सडक अवरुद्ध छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar