बलात्कार कसुरमा ७ वर्ष कैद

बलात्कार कसुरमा ७ वर्ष कैद

  • Kandara Samachar

  • सोमवार, असार ४, २०८१

  • 98
    SHARES
बलात्कार कसुरमा ७ वर्ष कैद

नानु कार्की /धादिङ ।

१८ वर्षीया बालिका बलात्कार (जबर्जस्ती करणी ) गरेकाे कसुरमा सिद्धलेक गाउँपालिका-२ का २४ वर्षीय संजय नेपालीलाई जिल्ला अदालत धादिङकाे ७ वर्ष कैद गरि ३ लाख जरिवाना गर्ने सजायाँको फैसला गरेकाे छ ।
जिल्ला न्यायधिस गीता श्रेष्ठकाे इजलासले जेठ १७ गते कसुर कायम जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताउनुभयाे । कसुरदार नेपालीले ०८० माघ २३ गते बालिका बलात्कार गरेकाे भन्दै पीडित पक्षले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएकाे थियाे ।
प्रहरीले आरोपितलाई ०८० फागुन ४ गते गिरफ्तार गरि मुद्दा चलाएकाे थियाे । बालिकाको स्वास्थ्य परीक्षण फागुन ४ गते गते धादिङ अस्पतालमा भयो ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको सहयोगमा आरोपितविरुद्ध जिल्ला अदालतमा ०८० फागुन २३ गते जबर्जस्ती करणीको अभियोगमाछ मुद्दा दर्ता गर्योे । जिल्ला अदालतको फागुन २४ गतेको आदेशले आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाएकाे थियाे । कसुरदारई ३ लाख जरिवाना गरि ७ वर्ष कैद गर्ने फैसला गरि पीडितलाई कानुन बमाेजिम क्षतिपुर्ति दिलाउने फैसला भएकाे श्रेस्तेदार भण्डारीकाे भनाई छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar