खाेला किनारका धानमकै सुके, गर्मीले बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय बन्द,

खाेला किनारका धानमकै सुके, गर्मीले बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय बन्द,

  • Kandara Samachar

  • शुक्रबार, असार १, २०८१

  • 267
    SHARES
खाेला किनारका धानमकै सुके,  गर्मीले बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय बन्द,

रामहरि थापा/ धादिङ ।

अत्याधिक गर्मीका कारण दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय पालिकाले बन्द गराएको छ ।
गर्मी र चर्काे घामले नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लो बेसीमा सबै मकै सुकेकाे छ ।
नजिकै थाेपल खाेला छ । यहाँकाे मकै र धान सुकेर फल नलागेपनि स्थानीय सरकार बेवास्ता गरेर बसिरहेकाे छ ।
तल्लाेबेसि तलतिर ठुलाे खाेला भएरपनि सबै सुकिसक्दा समेत बेवास्ता गरिरहेकाेले किसान समस्यामा छन् ।
लिफ्ट गरेर पानि तानेर बारिमा खेतमा लगाउन सके यस्ताे अवस्थामा किसमनले फाईदा लिन सक्ने छ ।
धादिङको विभिन्न भागमा बढेको गर्मीका कारण धमाधम मकै सुक्न थालेको छ । मकै उम्रेदेखि नै पानी नपरेका कारण मकै सुकेको छ ।
नीलकण्ठ नगरपालिकाको अधिकांश क्षेत्रका मकै सुकेर मरेको छ । यसबाहेक दक्षिणी धादिङको गल्छी गाउँपालिका क्षेत्रका धेरैजसो क्षेत्रको मकै तथा फलफुल समेत सुक्न थालेको छ ।
घाम चर्को लागेर बारीमा सुख्खा लागेपछि बालीनाली सुकेर उत्पादन नै नदिने अवस्थामा पुुगेको हो ।
चर्कोघामले लगर्दा माटो सुकेर चिसोको मात्रा हराएको छ भने मकैको चमरा सानो बाटमै आएको र चमरा आएको मकै समेत सुकेर किसानले काटेर गाइभैसीलाई खुवाउन थालेका छन् ।
तापक्रम ४० डिग्रीसेन्टीग्रेड पुुगेका कारण मानिसहरु समस्यामा पर्न थालेपछि बेनिघाट रोराङ गाउँपालिकाले सूचना जारी गर्दै जेठ ३२ गतेबाट तिनदिन विद्यालय बन्द हुने सूचना जारी गर्दै विद्यार्थीहरुलाई सुरक्षित भएर घरमा बस्न भनिएको छ ।
अन्य पालिकाले भने यसबारेमा कुनै जानकारी दिएका छैनन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar