नेकपा एमाले धादिङको १३ पालिकामा नयाँ नेतृत्व, (कुन पालिकामा काे अध्यक्ष)

नेकपा एमाले धादिङको १३ पालिकामा नयाँ नेतृत्व, (कुन पालिकामा काे अध्यक्ष)

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ ३१, २०८१

  • 215
    SHARES
नेकपा एमाले धादिङको १३ पालिकामा नयाँ नेतृत्व, (कुन पालिकामा काे अध्यक्ष)

नानू कार्की/ धादिङ ।

नेकपा एमाले धादिङले आफ्ना १३ पालिकाको अधिवेशन सम्पन्न गरिनयाँ नेतृत्व चयन गरेको छ ।
संगठन विस्तार गर्दै कार्यकर्ता एकित्रित गरेर मिसन ८४ काे तयारी गरेकाे एमाले संगठन विस्तार र लाेकतान्त्रिक अभ्यासमा अगाडि लागेकाे जिल्ला कमिटि सचिव राधिका सापकाेटाले बताउनुभयाे ।
अधिवेशनपछि नेकपा एमाले गल्छी गाउँपालिकाको अध्यक्षमा राजकुमार रिमाल, गजुरी गाउँपालिकाको अध्यक्षमा रामचन्द्र मिजार, बेनिघाटरोराङको अध्यक्षमा राजकुमार त्रिपाठी, सिद्धलेक गाउँपालिका अध्यक्षमा रामहरी बराकोटी, ज्वालामूखी गाउँपालिका कमिटि अध्यक्षमा गंगाबहादुर अधिकारी (ध्रुुब), नीलकण्ठ नगरपालिकाको अध्यक्षमा काजी श्रेष्ठ, धुनीबेसी नगरपालिकाको अध्यक्षमा दिनेश बास्कोटा, थाक्रे गाउँपालिका अध्यक्षमा गणेशमान वाइबा, खनियाबास गाउँपालिका अध्यक्षमा उर्गेनवती तामाङ, गंगाजमुना गाउँपालिका अध्यक्षमा नवराज ढकाल र रुबीभ्याली गाउँपालिका अध्यक्षमा नरमान तामाङ निर्वाचित भइसक्नुभएको छ ।
यसअघि भुमि त्रिपाठीकाे अध्यक्षतामा जिल्ला कमिटि समेत निर्वाचित गरि संगठन निर्माणमा एमाले धादिङ सबैभन्दा अघि लागेकाे केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकाेटाले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar