सदरमुकाममा धादिङबेसीमा उपभोक्ताले पानी पायनन् नगरपालिकाकाे कराेडाैँ बजेटकाे काम कता पुग्याे ?

सदरमुकाममा धादिङबेसीमा उपभोक्ताले पानी पायनन् नगरपालिकाकाे कराेडाैँ बजेटकाे काम कता पुग्याे ?

  • Kandara Samachar

  • बुधबार, जेष्ठ २, २०८१

  • 33
    SHARES
सदरमुकाममा धादिङबेसीमा उपभोक्ताले  पानी पायनन् नगरपालिकाकाे कराेडाैँ बजेटकाे काम कता पुग्याे ?

Cropped shot of an unrecognisable woman holding her hands out for water from a tap in nature

प्रविन रिजाल/ धादिङ ।

शुद्ध पिउने पानी नागरिकको नैसर्गिक अधिकार भएपनि सदरमुकाम धादिङबेसीमा २ महिनादेखि पिउनेपानीको हाहाकार भएको छ ।
उपभोक्ताहरुको घरघरमा पानी वितरण गर्ने गरि गठन गरि निर्वाचित उपभोक्ता समिति समेत नगरपालिकाले निश्किृय बनाएपछि पिउनेपानी व्यवस्थापनमा समस्याका कारण २ महिनादेखि समस्या आएको हो ।
धादिङबेसी पुछारबजार क्षेत्रमा २ महिनाभन्दा बढी समयदेखि उपभोत्तःाको धारामा पानी आउन छाडेको छ । घरमा पानी नआएपछि उपभोक्ताहरु किनेर दैनिकी चलाउनुपर्ने अवस्थामा पुग्दा समेत नगरपालिका र खानेपानी उपभोक्ता समितिको कार्यालले चासो देखाएका छैनन् ।
पिउनेपानीको चरम अभाव हुँदा उपभोक्ताहरु आक्रोसित मात्र छैनन् विभिन्न चरणमा आन्दोल समेत गरिरहेका छन् । पिउने पानी वितरणको जिम्मा लिएर काम गरिरहेको बताएको खानेपानी उपभोक्ता समितिले भने सामान्य रुपमा लिएर उपभोक्ताप्रति वेवास्ता गर्दै आएको उपभोक्ताहरुको गुनासो छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा पर्ने एमाले चोकदेखि बसपार्कसम्म, दुरसंचारचोकसम्म, गणेशमार्ग क्षेत्र आदीमा पानी आउन छाडेको उपभोक्ताहरुले सास्ती खेपेको विषय खानेपानी उपभोक्ता समिति र नीलकण्ठ नगरपालिकामा समेत जानकारी गराएपनि बेवास्ता गरेको उपभोक्ताहरुको गुनासो छ । यस क्षेत्रमा नियमित पानी नआएको एकवर्षभन्दा बढी भएपनि २ महिनादेखि भने पानी आउनै छाडेको पीडित उपभोक्ता लालकाजी श्रेष्ठले बताउनुभयो ।
खानेपानी अभावले कयौँदिन खाना बनाउन नपाएको, नियमित रुपमा लगाधुन नपाएर विद्यार्थीहरु मैलो लुगाएर विद्यालय जाने गर्नु परेको यसक्षेत्रका उपभोत्ताहरुको भनाइ छ ।
पानी नआएको २ हप्ताभन्दा बढि समय भएको र सम्बन्धित निकाय, खानेपानी उपभोक्ता समितिलाई पटक पटक जानकारी दिँदा समेत वेवास्ता गरेको उपभोक्ता श्रेष्ठले बताउनुभयो । एमालेचाेकदेखि पुलबजार क्षेत्रमा त ६ वर्षदेखि घरभित्र पानी नगएर अत्यन्तै अभाव भएकाे उपभोक्ता दयाराम लम्सालकाे भनाइ छ ।
एमाले चोक, गणेशमार्ग, विद्यासागर मार्ग, शान्तबजार, बसपार्क, पुलचोक टोल, मालेबगर, पहरेचाैतारा आदी स्थानमा पानी नआएपछि उपभोक्ताहरु मर्कामा परेका छन् । कतिजनाले त खाना समेत खान नपाएको र होटलमा गएर खाना खानु परेको श्रेष्ठको भनाइ छ ।
करिब २ हजार घरमा पानी आउन छाडेको छ । घरभित्र पानी नआएको त वर्षदिनभयो । घर बाहिर सानो पानी आउथ्यो तर अहिले पानी नआएपछि उपभोक्ताहरु समस्यामा परेको अर्को उपभोक्ता बालकृष्ण खत्रिको भनाइ छ ।
केहीघरमा धादिङबेसीको पुछारबजार क्षेत्रमा आउने थोरै पानी बोतलमा भरेर खानुपर्ने बाध्यता छ भने सबै जसो उपभोक्ताले नियमित पानीको महशुल भुक्तानि नियमित गरेपनि समस्या पर्दा भने बेवास्ता गर्दै आएको छ ।
सदरमुकाम ल्याईएकाे पानी पाईपमा डडेलाे लागेर फुटेकाे विचकाे बस्तीले पानी पाईप फुटाएकाे अवस्थामा उपभोक्ता समितिले काम नगरेपछि मुख्य बजारमा पानी अभाव भएकाे नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयाे ।
उपभोक्ता समितिलाई ३ वर्ष अघि नगरपालिकाले विघटन गरेकाे र उपभोक्ता समितिले अाफु कायम रहन माग गर्दै पुनरावेदन अदालतमा मुद्दा परेकाे छ । अदालतले नगरपालिकालाई मुद्दा फैसला नहुनजेल उपभोक्ता समितिविघटन नगर्न र काम गर्न दिन अन्तरिम अादेश दिएकाे थियाे । मुद्दा विचाराधिन छ ।
सहलगानी काेषकाे लगानीमा धादिङबेसी खानेपानीकाे काम काहा पुग्याे उपभोक्ता अन्याैलमा छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar