नेकपा एमाले सिद्धलेकमा रामहरी बराकाेटी र ज्वालामुखीमा ध्रुब अधिकारी सर्वसम्मत अध्यक्ष निर्वाचित

नेकपा एमाले सिद्धलेकमा रामहरी बराकाेटी र ज्वालामुखीमा ध्रुब अधिकारी सर्वसम्मत अध्यक्ष निर्वाचित

  • Kandara Samachar

  • शनिबार, बैशाख १५, २०८१

  • 82
    SHARES
नेकपा एमाले सिद्धलेकमा रामहरी बराकाेटी र ज्वालामुखीमा  ध्रुब अधिकारी सर्वसम्मत अध्यक्ष निर्वाचित

धादिङ ।
नेकपा एमाले धादिङले धमाधम पालिका अधिवेशनहरु सम्पन्न भएकाे छ ।
नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी सर्वसम्मत चयन हुनुभएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ आरुवासटारमा सम्पन्न नेकपा एमाले सिद्धलेकको दोश्रो गाउँपालिका अधिबेशनले बराकोटीको अध्यक्षतामा ५७  सदस्यिय कार्यसमिति चयन गरेको हो ।
अधिबेशनबाट आगामी ३ बर्षका लागि उपाध्यक्षमा देव बहादुर पुलामी, सचिवमा चेतनाथ सिलवाल ,सह सचिवमा लक्ष्मी बराम र राजु उपाध्याय निर्वाचित हुनुभएको छ ।
अधिबेशनको उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य एवम धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रिय सदस्य जानुका सिम्खडा,  जिल्ला अध्यक्ष भूमि त्रिपाठी, सल्लाहकार तथा धादिङका संस्थापक जगन्नाथ नेपाल, धादिङका संस्थापक टंकनाथ शर्मा, शहरी विकास विभाग सचिव गजेन्द्र थपलिया, जिल्ला कमिटि सदस्य तथा सिद्धलेक ईन्चार्ज गाेबिन्द कँडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरि नेकपा एमाले ज्वालामुखी गाउँपालिका कमिटीको अध्यक्षमा ध्रुब अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनले उपाध्यक्षमा माेहन श्रेष्ठ, सचिवमा रुद्रमान श्रेष्ठ , उपसचिवमा निर्मला सामरी र मायानाथ सिलवाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेकाे छ । ३ वर्षे कार्यकालका लागि ५१ सदसिय कमिटीकाे सर्वसम्मत निर्वाचित गरेकाे छ ।
नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएकाे ज्वालामुखि गाउँ अधिवेशनलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकाेटा, केन्द्रीय सदस्य खेम लाेहनी, जानुका सिंखडा, नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुभयाे ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पाण्डेले देशकाे अर्थतन्त्र स्वास्थ नभएकाेले सरकारले नया याेजना, राेजगारी सिर्जना अादी कार्यक्रम ल्यार चलायमान बनाउनुपर्ने बताउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar