पिमलखाेलामा दुर्घटना: एकै परिवारका दुईजनाकाे मृत्यु, ७ घाईते

पिमलखाेलामा दुर्घटना: एकै परिवारका दुईजनाकाे मृत्यु, ७ घाईते

  • Kandara Samachar

  • आइतवार, बैशाख २, २०८१

  • 133
    SHARES
पिमलखाेलामा  दुर्घटना:  एकै परिवारका दुईजनाकाे  मृत्यु, ७ घाईते

धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखाेला नजिक घट्टेखाेलामा गाेठेमल बाेकेकाे अाईचर ट्रक आइतबार बिहान दुर्घटना हुदा दुईजनाको मृत्युु भएकाे छ भने ७ जना घाईते भएका छन् ।
घरबाट मल उठाएर खेतमा लान लागेकाे बा ३ ख ८९४७ नम्बरको आईचार ट्रक साँघुराे कच्ची घुम्ती सडकबाट १५० मिटर तल पिमलखाेलामा पुगेर दुर्घटना भएकाे जिल्ला प्रहरी कायालयका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयाे ।
स्थानीय ३७ वर्षीय गाेपी भन्ने राम रमतेलकाे घरकाे मल बाेकेर खेतमा लानेक्रममा ओरालाे बाटाेमा ब्रेक फेल भएर दुर्घटना भएकाे स्थानीयबासीले बताएका छन् । दुर्घटनामा राम रमतेल, उनका छाेरा ११ वर्षीय शन्ताेष रमतेलकाे मृत्यु भएकाे छ । बाबुकाे उपचारकाे क्रममा र छाेराकाे घटना स्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
रमतेल परिवारका जेठाे छाेरा १५ वर्षीयकृष्ण रमतेल, माइला छाेरा १२ वर्षीय सुजन रमतेल समेत घाइते भएपछि घरमा ढाेका लागेकाे छ ।
दुर्घटनामा ११ वर्षीय विमल मजकाेटी, १२ वर्षीय प्रितम रमतेल, १२ वर्षीय सुजन रमतेल, १७ वर्षीय सुजित मजकाेटी र ४० वर्षीय सवारी धनी तथा चालक विष्णु सिर्मल समेत गम्भीर घाईते भएकाेले ६ जनालाई थप उपचारका लागि ट्रमा सेन्टर भर्ना गरिएकाे छ । परिवारका सबै मल लान लाग्दा गाउका केही बालकहरु समेत सवारी साधनमा चढेका थिए । ट्रकमा भएका सबै घाइते भएका हुन् ।
गाडी ब्रेक फेल भएपछि स्टेरिङ समेत माेड्न नसक्दा सिधै खाेलामा खसेकाे थियाे ।
दुर्घटनापछि स्थानीय बासी, नेपाल प्रहरी, स्वयंसेवकले उद्धार गरि धादिङ अस्पतालमा उपचारका लागि पठाईएकाे उद्धारमा सम्लग्न रेडक्रकर्मी नेमबहादुर श्रेष्ठले बताउनुभयाे ।
घाइतेहरुकाे धादिङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर लाने पठाईएकाे छ ।
दुर्घटनापछि पतेनी गाउँ पुरै शाेकमा डुबेकाे छ । उपचारमा लाने मानिस नरहनेगरि एक घरमा बज्रपात परेकाे र सबै घाइते गरिव परिवारका व्यक्ति हरु रहेकाेले राज्यले सघाउनुपर्ने सामाजिक अभियानता श्याम मगरातीकाे भनाई छ ।
दुबै सबकाे आइतबार धादिङ अस्पतालमा पाेष्टमार्म गरिएको छ । —


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar