श्रेष्ठ र डंगोललाई क्रियाशिल पत्रकारिता पुरस्कार

श्रेष्ठ र डंगोललाई क्रियाशिल पत्रकारिता पुरस्कार

  • Kandara Samachar

  • सोमवार, चैत्र २६, २०८०

  • 156
    SHARES
श्रेष्ठ र  डंगोललाई क्रियाशिल पत्रकारिता पुरस्कार

सुदिप अधिकारी
धादिङ ।
धादिङमा रहेर २०६७ सालदेखि निरन्तर कृयाशील पत्रकार अर्जुन श्रेष्ठ र राजाराम डंगाेल पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट श्रेष्ठ पुरस्कृत भएका हुन् । यसैगरि प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट डंगाेल पुरस्कृत भएका छन् ।

नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पुर्याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादनक हुन् ।
पुरस्कृत राजाराम डंगोल कृषि रेडियो कार्यक्रम संयोजक र टोलटोलको खबर डटकमको संचालक हुन् ।
पुरस्कृत श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकाेटाले पत्रकारहरुलाई सम्मानपत्र सहित दाेसल्ला अाेडाएर सम्मानित गर्दै राम्रो काम गर्नेलाई पुरस्कृत गरेकाेमा धन्यवाद दिनुभयाे ।
एमालेले देशकाे विकास खाका सहित समृद्ध धादिङकाे खाका बनाएकाे बताउनुभयाे ।
कार्यक्रम प्रेस चौतारी धादिङका अध्यक्ष राजन सिलवालकाे अध्यक्षतामा भएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar