त्रिशुली बचाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

त्रिशुली बचाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

  • Kandara Samachar

  • बिहिबार, चैत्र २२, २०८०

  • 115
    SHARES
त्रिशुली बचाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

नानू कार्की/धादिङ ।
त्रिशुली बचाउ अभियानले धादिङको नदी तथा खोलामा भएको पर्यावरणीय विनास रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

नियम विपरित खानीहरु संचालन भएको, खोलानदी तथा ढिस्कोहरु उत्खनन् गरि पर्यावरण विनास गरेकोले यसलाई अनुगमन गरि रोक्न प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
धार्मिक रुपले संरक्षण गर्नुपर्ने स्थानहरु अतिक्रमण हुँदै गएको, फेहोरमैला खोलामा फाल्ने, व्यवस्थीत नगरि जताततै फाल्ने गर्नाले पर्यावरण विनास हुँदै गएको र त्रिशुली नदी फोहोर भइरहेकोले यस्ता कार्य रोक्ने पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रमार्फत पर्यावरणकर्मीहरुले आग्रह गर्नुभएको छ ।
नियमि विपरित संचालन हुँदै आएका क्रसर तथा बालुवा वासिङ सेन्टरहरु बन्द गराउन, खानीहरुको नियमित अनुगमन गर्न, समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले हाल अनुगमनको कामको जिम्मा जिल्ला समन्वय समितिलाई दिएको बताउँदै नियम संगत खानी तथा वासिङ सेन्टर संचालन गर्नका लागि आफ्नोतहबाट पहल गर्ने बताउनुभयो ।
२५ वर्षदेखि त्रिशुली बचाउ अभियान संचालन हुँदै आएकोले त्रिशुलीनदीमाथीको अतिक्रमण र पर्यावरण संरक्षणको अभियानमा लाग्नु भएका जिविसका पूर्व उपसभापति तथा पूर्व राजनितिक कार्यकर्ता उत्तम कँडे, अभियानकर्ता शिव सापकोटा, अभियानकर्ता शुशिल थापाले हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar