कक्षा ८ को परिक्षा केन्द्र जान कठिन भएको विद्यार्थीको भनाइ

कक्षा ८ को परिक्षा केन्द्र जान कठिन भएको विद्यार्थीको भनाइ

  • Kandara Samachar

  • बुधबार, चैत्र १४, २०८०

  • 175
    SHARES
कक्षा ८ को परिक्षा केन्द्र जान कठिन भएको विद्यार्थीको भनाइ

नानुु कार्की/धादिङ ।
धादिङको गल्छी गाउँपालिकाको कक्षा ८ को परिक्षामा विद्यार्थीलाई सास्ती भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
गल्छी गाउँपालिकामा कक्षा ८ को परिक्षा केन्द्र आफ्नो विद्यालय बाहिर राखेपछि परिक्षार्थीहरुलाई समस्या परेको हो ।
गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको बालकुमारी आधारभुत विद्यालयका २२ जना विद्यार्थी परिक्षा दिनका लागि द राइजिङ भिलेज इगंलिस सेकेन्डरी स्कुल बैरेनी बजार जानुपरेपछि सास्ती भएको विद्यार्थीहरुले नेपाल समाचारपत्रलाई बताएका छन् ।
कक्षा ८ को परिक्षा संचालन समितिकाले केही विद्यालयका विद्यार्थीको परिक्षा अर्को माध्यामिक विद्यालयमा जानु पर्नेगरि राखेपछि विद्यार्थीले समस्या भोगेको बालकुमारी आधारभुत विद्यालयका शिक्षक बैकुण्ठ रिमालले बताउनुभयो ।
परिक्षा दिन जान र घर फर्कनका लागि दिनभर लाग्नेगरि परिक्षा केन्द्र राखेपछि समस्या झेल्दै परिक्षा दिएको एक विद्यार्थीले नाम नबताउँदै जानकारी दिनुभयो । आफ्नो नाम आएमा अर्को दिनको परिक्षामा समस्या पार्ने भएकोले नाम गोप्य राख्न परिक्षार्थीहरुको माग छ ।
गल्छी गाउँपालिका वडा नम्बर ८ मा पर्ने गोगनपानी माविका गोगनपानी आवि, जनसेवा आवि बाट विद्यार्थी परिक्षा दिन जाँदा २ घण्टा समय लाग्ने विद्यार्थीहरुले जनाएका छन् । गल्छी गाउँपालिका वडा नम्बर ५ मा रहेको जलकन्या आविका विद्यार्थीहरु अमनता देबि माविमा परिक्षा दिन जानका लागि धेरै टाढा भएको विद्यार्थीको गुनासो छ । यसैगरि गल्छी गाउँपालिका वडा नम्बर ३ को धादिङ आधारभुत विद्यालयका विद्यार्थी गल्छी गाउँपालिका वडा नम्बर २ मा रहेको कल्लेरी माविमा परिक्षा दिनुपर्ने बाध्यता छ ।
चार दिनको परिक्षा सकिँदा सम्म हरेक दिनको हिँडाइले आपूहरुलाई समस्या परेको विद्यार्थीको गुनासो संगै अभिभानवकहरु समेत गल्छी गाउँपालिकाको शिक्षा शाखाको यो निर्णय बालअधिकार विरोधी भएको बताएका छन् ।
गल्छी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणाको तयारी भएको भएपनि बालअधिकार विरोधी क्रियाकलाप पालिकाको शिक्षा शाखाबाट भएकोले बालअधिकार विरोधी क्रियाकलाप र विद्यार्थीलाई परिक्षाको नाममा सास्ती दिने काम बन्द गर्नु पर्ने बालअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल अधिकारकर्मी गोकर्ण रुपाखेतीले बताउनुभयो ।
घटनाका सम्बन्धमा गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले शिक्षा शाखाले राम्रै गरेको होला भन्ने लागेर हामीले ठिकै छ भनिएको हो तर समस्या परेको गुनासो आएकोमा दुखित भएको बताउनुभएको छ ।
गल्छी गाउँपालिका शिक्षा शाखा प्रमुख पेमा दोर्जे थोकरलाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क गर्न सकिएन ।
राष्ट्रिय मानवअधिकार अायाेगका अधिकृत यज्ञ अधिकारीले कक्षा ८ काे परीक्षा केन्द्र अाफ्नाे विद्यालय बाहिर राख्दा बालबालिकामा समस्या पर्ने भएकाेले मानवअधिकार हनन् नगर्न स्थानीय सरकारकाे शिक्षा शाखालाई अाग्रह गर्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar