अग्नीचाेकमा नरसिंह पुराण र एक लाख होम गरेर हाेलिका दहन

अग्नीचाेकमा नरसिंह पुराण र एक लाख होम गरेर हाेलिका दहन

  • Kandara Samachar

  • सोमवार, चैत्र १२, २०८०

  • 220
    SHARES
अग्नीचाेकमा नरसिंह पुराण र एक लाख होम गरेर हाेलिका दहन

सीताराम अधिकारी/
धादिङ ।
फाेटाे:  संजन भण्डारी र बासुदेब डल्लाकाेटी
त्रेतायुगमा भक्त प्रल्हादलाई मार्न खाेज्दा हाेलिका अग्निकुण्डमा अाँफै जलेकाे सत्यवादी प्रल्हाद केही नभएकाे धार्मिक कथा स्थल तत्कालिन आगिनचाेक गाविसमा पर्ने हाल त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ६ स्फटिक खम्बा क्षेत्रमा रहेकाे अग्निचाेकमा हाेलिकाे दिन हाेलिका दहन गरिएकाे छ ।
हिन्दु धर्मका राक्षस हिरण्यकश्यपुकी बहिनी होलिकालाई जलाएर आइतबार तिनदिने नरसिंह पुराण समेत बाचन गरिएको हाे ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिनचोकमा रहेको फटिकको खम्बा क्षेत्रमा रहेको अग्निचोकका असत्यको अन्त्य र सत्यको जित भन्दै पौराणिक मान्यता अनुसार भक्तप्रल्हाद जलाउन खोज्दा आफैँ जलेकी होलिकाको सम्झना गर्दै पुराण अनुसार होलिका जलेकै स्थानमा यज्ञ गरेर होलिकाको दहन गरिएको हो ।
होलिका आगोमा जलेर नष्ट भएको र सोही जलेको खरानी लगाएर रमाइलो गरेको उपलक्षमा होलि खेलिने भएकोले हालको आगिनचोमा रहेको अग्निचोकमा स्थानीयबासीले तिनदिनसम्म नरसिंह पुराण बाचन गरिएको छ भनेलाखबत्ती बालिएको छ । आइतबार १ लाख होम गरेर भक्तप्रल्हादका फुपु होलिकाको प्रतिमा बनाइ जलाइएको स्पटिक खम्बा संरक्षण समितिका सचिव टोपप्रसाद बुर्लाकोटीले बताउनुभयो ।
तिनदिने होम, लाखबत्ती तथा पुराण कार्यक्रमको उद्घाटन संबिधानसभा सदस्य पुष्पविक्रम मल्ले गर्नुभएको थियो भने समापन प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले गर्नुभएको थियो ।
पुर्खाहरुले सो स्थानमा वर्षौँदेखि होम गर्दै होलिका दहन दिवस समेत बनाउने गरेको पाइन्छ तर स्थानीय सरकार आएपछि सो क्षेत्रको संरक्षणमा चासो नदिँदा होलिका दहन थान मासिन लागेको छ ।
पुरानो अवस्थामा राख्नु पर्नेमा स्थानीय सरकारले स्फटिक खम्बा क्षेत्रमा डोजर लगाएर तहसनहस पार्न लागेपछि स्थानीयबासीले संरक्षणको माग गर्दै रोकेका थिए ।
होलिका जलेको र रामभक्त भक्तप्रल्हादलाई केही नभएको हिन्दु कथा अनुसार सँधैझै आइतबार होली मनाइएको छ ।
ऐतिहासिक र धार्मिक रुपले अति महत्वराख्ने स्फटिक खम्बा क्षेत्रको धार्मिक रुपले धेरै महत्व भएको संरक्षण अभियानमा लाग्नु भएका पूर्व जनप्रतिनिधिसमेत रहनुभएका फणिकान्त छत्कुलीले जानकारी दिनुभयो ।
धादिङबेसीबाट ३० किलोमिटर उत्तरतर्फ पर्ने स्फटिक खम्बा क्षेत्रमा त्रेता युगमा राक्षस हिरण्यकस्यपुलाई नरसिंह अवतार प्रकट भइ मारेको स्थान रहेको छ ।
यहि स्थानमा राक्षसका छोरा भक्तप्रल्हादले तपस्या गरेको गुफा समेत रहेको पाइन्छ । ठूलो सुरुङ क्षेत्रमा तपस्या गरेर भगवान भक्त भएपछि राक्षसहरुले भक्तप्रल्हादलाई पटक पटक मार्न खोजेको र मार्न नसकेको पौराणिक कथामा पाइन्छ ।
यहाँ हिरण्यकस्यपुको दरबार रहेको र सो नजिक नै अग्निचोक रहेको छ । पछि सोही स्थानमा घले राजाहरुले राज्य संचालन गरेको भग्नावशेश अझैसम्म भेटन् पाइन्छ भने त्यसपछि पृथ्वीनारायण शाहले नेपाल एकिकरणको समयमा घलेराजाहरुलाई लखेटेपछि दरबार भग्नावशेसमा परिणत भएको तथ्य रहेकोले वडाले पालिकासंग सहकार्य गरेर संरक्षणमा लागेको वडा अध्यक्ष हरी विश्वकर्माले बताउनुभएको छ ।
यसैलाई आधार मानेर नृसिंह अवतार मानिएको नृसिंहको विशाल मुर्ति सहितको धाम त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारको बुढी गण्डकी र नेत्रावती नदी संगम स्थलमा बनाइएकोछ ।
(फाेटाे: संजन भण्डारी र बासुदेब डल्लाकाेटी


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar