दुबै मृगाैला फेल भएका साङकाेषका विजय खनाल बचाउन अपिल

दुबै मृगाैला फेल भएका साङकाेषका विजय खनाल बचाउन अपिल

  • Kandara Samachar

  • आइतवार, फाल्गुन २७, २०८०

  • 431
    SHARES
दुबै मृगाैला फेल भएका साङकाेषका विजय खनाल बचाउन अपिल


✍️सीताराम अधिकारी
धादिङ ।

साङकाेषका विजय खनाल गरिव परिवारका हुन् । उनी दुबै मृगाैला फेल भएपछि डायलासिस गराईरहेका छन् । ठुला नेताहरु सामान्य रुघाखाेकी लाग्दा राज्यको खर्चमा विदेशमा उपचार गराउन पुग्छन् । विजय खनाल भने उपचार खर्च अभावमा मृत्युकाे दिन कुरीरहेका छन् । उनलाई याे राज्यले हेर्नू पर्दैन ? उनलाई उपचार गर्ने र मृगौला प्रत्याराेपण गर्ने जिम्मा राज्यले लिन सक्दैन ? विजय खनालहरु राेग लागेपछि मर्नै पर्छ? सरकारमा बस्नेहरुका लागि साङकाेषबासीकाे प्रश्न छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर १२ बसोबास गर्दै आएका २२ वर्षीय बिजय खनालको दुबै मृगौला फेल भएकोले मृगौला फेर्नका लागि स्थानीयबासीले सहयोगको याचना गरेका छन् ।

स्थानीय गिता खनालको संयोजकत्वमा ७ सदसिय बिजय खनाल बचाउ सहयोग समिति गठन गरेर गाउँबासीको तर्फबाट देश विदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरिएको छ ।
पारिवारिक रुपमा अत्यन्तै कमजोर अवस्थामा रहेको खनाल परिवारको सबै जग्गा जमिन विक्रि गर्दा पनि उपचारमा नपुग्ने अवस्था भएको छ । धादिङ अस्पतालमा हप्ताको २ दिन डायलासिस गर्ने गरेको विजयको मृगौला फेर्नु पर्ने र परिवारभित्रबाट मृगौला दिने मानिस भएपनि सो कामका लाग्निे खर्च पुर्याउन नसक्दा घरमै बसिरहेका खनाललाई बचाउन सबै मिलेर लागनु पर्ने संयोजक गिता खनालले बताउनुभयो ।
कक्षा १२ सम्म अध्यान गरेका विजय खनाल पढाइमा अब्बल छन् । कुक तालिम लिएर नेपाली यन्डियन खाना बनाउने काम गर्दै आएका थिए भने विद्युत जडानको काम समेत कुशलतापूर्वक गर्न जान्ने भएका थिए । आफूले काम गरेर आफ्नो पढाइका लागि पुर्याउँदै आएका विजय खनालको २०८० कात्तिक महिनामा उनलाई समस्या आएपछि धादिङ अस्पतालमा परिक्षण गरियो । धादिङ अस्पतालले विर अस्पतालमा प्रेषण गर्यो । बिर अस्पतालले सोही समयदेखि मृगौला दुबै मृगौला फेल भएकाले तत्कालैदेखि डायलासिस गर्न सुरु गरेको थियो ।
विजय खनाल बचाउ अभियान अन्तरगत नेपाल बैँक लिमिटेड धादिङ शाखाको खाता नम्बर २५८०१००७६७००५२०००००१ मा विरामी विजय खनाल र आमा मिना खनालको नाममा खाता संचालन गरिएकोले सम्पूर्ण देश विदेशमा बस्ने सबैलाई विजय खनाललाई बचाउन आग्रह गरिएको छ । थप जानकालागि विरामीका आमा मिना खनालको ९८६१३४४७६३ मा सम्पर्क गर्न सक्नुहुने छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar