यौनहिंसा विरुद्धमा महिला मानव अधिकारकर्मीको ध्यानार्काण

यौनहिंसा विरुद्धमा महिला मानव अधिकारकर्मीको ध्यानार्काण

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन २४, २०८०

  • 95
    SHARES
यौनहिंसा विरुद्धमा महिला मानव अधिकारकर्मीको ध्यानार्काण

धादिङ ।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालले महिला र बालिकाहरुमाथी हुने यौन हिंसा विरुद्धमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएको छ ।
फागुन २४ गते विहीबार देशभरका महिला मानवअधिकार रक्षकहरुले एकैपटक ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
हरेक दिन ३ जना महिला तथा बालबालिका बलात्कारको शिकार हुने गरेको र विगतको पाँच वर्षमा नेपालमा ८ हजारभन्दा बढी बलात्कार र ३१ हजारभन्दा बढी बलात्कारको प्रयासका घटना भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।
धादिङ जिल्लामा सन् २०२३ मा बालिकाहरुमाथी यौन जन्य हिंसाको घटना सवैभन्दा धेरै भएको देखिन्छ यौन दुव्र्यवहारमा ६ जना, बलात्कारमा २२ जना, बेचविखन तथा ओसारपसार घटनामा १ जना बालिका पीडित भएका छन् ।
यसैगरि बलात्कारका घटनामा ७ जना, बलात्कार प्रयासका घटनामा ७ जना, मानवबेचविखन तथा ओसारपसारका घटनामा १ घटनामा २ जना, कथित बोक्सी आरोपमा १ जना, पीडित भको इन्सेकले प्रकाशन गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकमा उल्लेख छ ।
दिनहुँजसो श्रृङ्खलाबद्ध रूपमा भइरहेका जघन्य अपराधका घटनाहरू र बढ्दो दण्डहीनताले गर्दा लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने सम्पूर्ण नेपालीहरूको शीर झुकेको भन्दै महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएको संजालका अध्यक्ष गायत्री खतिवडाले बताउनुभयो ।
ध्यानाकर्षणपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह«ेले आफ्नो तहबाट महिलाहरुले न्याय पाउने प्रत्याभूति गर्नका लागि पहल गरेको बताउँदै नितिगत रुपमा गर्नु पर्ने व्यवस्थाका लागि ध्यानाकर्षणपत्र माथी पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
–––


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar