एमाले काँग्रेसको बहिस्कार पछि गजुरी गाउँसभा अनिश्चित

एमाले काँग्रेसको बहिस्कार पछि गजुरी गाउँसभा अनिश्चित

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन २४, २०८०

  • 98
    SHARES
एमाले काँग्रेसको बहिस्कार पछि गजुरी गाउँसभा अनिश्चित

धादिङ ।
नेकपा एमाले र नेपाली काँग्रेस समर्थकले आफ्नो कुरा नसुनेको आरोप लगाउँदै गाउँसभा बहिस्कार गरेपछि गजुरी गाउँपलिकाको हिउँदे अगाउँसभा स्थगित भएको छ । गाउँ सभा सचिवले गाउँ सभा अनिश्चित भएकाे सुचना प्रकाशित गरेका छन् ।
गजुरी गाउँपालिकाको १३ औं अधिवेशन यहि फागुन २३ गते ११ बजे बस्नेगरि आव्हान गरिएकोमा नेकपा एमाले समर्थक सबै गाउँसभा सदस्यले सामुहिक रुपमा बैठकको निर्णय गरेर गाउँसभामा नजाने निर्णय गरेर बहिस्कार गरेको कार्यपालिका सदस्य आयुस प्रजाले बताउनुभयो ।
नेपाली काँग्रेसको उपाध्यक्ष शर्मिला बिसुराल सहित गाउँसभा सदस्यहरु समेत बुधबार दिउँसो बैठक बसेर गाउँसभामा नजाने गरि बहिस्कार गरेपछि गाउँसभामा गणपुरक संख्या नै पुग्न सकेन । गाउँसभा स्थगित भएपछि अर्को गाउँसभा कहिले गर्ने भन्ने अनिश्चित हुनेगरि गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीले सूचना प्रकाशित गर्नुभएको छ ।
“गाउँसभा संचालन कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम गणपुरक संखया नपुगेकोले अधिवेशन स्थगित गरिएको एक सुचना प्रकाशित गर्दै बागमति प्रदेशको गाउँसभा संचालन कार्यविधि सम्बन्धी ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम अधिवेशन बैठकको अर्को सुचना प्रकाशित नभएसम्मको लागि स्थगन गरिएको छ ।” सूचनामा उल्लेख छ ।
नेकपा एमाले समर्थक गाउँसभा सदस्यहरुले बैठकको निर्णय गरि खानेपानी, विद्यालय, सडक आदी गरेर साना २० ओटा स्थानीय स्तरका योजनाहरु बारे गाउँपालिकाले हिउँदे सभामा पेश भएर कार्यान्वयन गर्ने वातावरण नभएसम्म गाउँसभा बहिस्कार गर्ने बताएको थियो । नेपाली काँग्रेसले भने गाउँसभा डाकिएको दिनमा बैठक बसी बहिस्कार गरेको हो । यसबारे गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनुभएन । श्रेष्ठ विपक्षीहरुले भनेको योजनाहरुमा काम नगर्ने र एकलौटी निर्णय गरेर अघि बढेका कारण पटक पटक विवादमा पर्दै आउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar