घाटबेसी बस दुर्घटना: ७ काे मृत्यु, तिनकाे सनाखत, ४१ जना घाइतेकाे उद्धार, घाइतेको नामावली समेत

घाटबेसी बस दुर्घटना: ७ काे मृत्यु, तिनकाे सनाखत, ४१ जना घाइतेकाे उद्धार, घाइतेको नामावली समेत

  • Kandara Samachar

  • बुधबार, फाल्गुन २३, २०८०

  • 165
    SHARES
घाटबेसी बस दुर्घटना:  ७ काे मृत्यु, तिनकाे सनाखत, ४१ जना घाइतेकाे उद्धार, घाइतेको नामावली समेत

सीताराम अधिकारी/ प्रविन रिजाल

घाटबेसी, धादिङ ।
कपिलबस्तुकाे सिद्धार्थनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको यात्रुबस त्रिशुली नदीका खसेर बुधबार बिहान भएकाे दुर्घटनामा मृत्युु हुनेकाे संख्या ७ जना पुगेको छ ।


५१ जना यात्रु र चालकदल समेत भएको लु २ ख २१२१ नम्बरको यात्रुबस पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीबाट त्रिशुलीनदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा कपिलवस्तुका रामकिशोर जैसवाल, बुटवलकि रुबी श्रेषठ र काठमाडौं सतुंगलका बेखराज भण्डारी रहेका छन् ।उनिहरुकाे टिकटकाे अाधारमा प्रहरीले सनाखत गरेकाे हाे । चारजना पुरुषकाे सनाखत भएकाे छैन ।
उको सनाखत भएको प्रहरीले जनाएको छ ।

सब प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पाेष्टमार्टमका लागि राखिएकाे छ ।
यात्रु बस सडकबाट १ सय मिटर तल त्रिशुली नदीमा छत देखिएको अवस्थामा डुबेको बसका ४१ जना यात्रुको उद्धार गरिएको र सबै घाइतेहरुलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि घाटबेसी बजारबासी, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीले घाइतेहरुको उद्धार गरेको थियो । पानीमा डुबेकाे बस र नदीमा खाेजीकार्य जारी रहेकाे घाटबेसीका राजेन्द्र सुवेदीले जानकारी दिनुभयाे ।
बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेकाे छ ।
लामाे यात्रामा अाएका चालकले सवारी घुम्तीमा नियन्त्रण लिन नसकेपछि सडक छेउकाे बार समेत भाँचेर नदीमा परेकाे हाे ।
लामाे यात्रामा अाएका चालक निदायर दुर्घटना भएकाे यात्रुहरुकाे भनाइ छ ।
घाइते नामावली
उपचारको लागि काठमाण्डौ तर्फ पठाएका घाईतेहरु:-१४ जना
१)देश भारत उत्तर प्रदेश सिदार्थ नगर जिल्ला करोन्दा मयिना थमा बस्ने बर्ष ३० को टिकुरी चौधरी, टाउकोमा चोट,अबस्था मध्यम ।
२) देश क्यानडा बस्ने बिदेशी नागरिक महिला,अबस्था मध्यम ।
३) जिल्ला काभ्रे पाँचखाल न.पा.५ बस्ने बर्ष ३४ को सुरेश सुनार,खुट्टामा चोट,अबस्था सामान्य ।
४) जिल्ला काभ्रे पाँचखाल न.पा.५बस्ने बर्ष २१ को रवि प्रसाद राजपुत,अबस्था सामान्य ।
५) जिल्ला रुपन्देही बुटवल न.पा.३ बस्ने बर्ष ५६ कि शान्ती पौडेल, टाउको,हातमा चोट मध्यम ।
६) जिल्ला रुपन्देही लुम्बिनी संस्कृति न.पा.६ बस्ने बर्ष ३५ को सैयाद आमद अलि, मुख हातमा चोट अबस्था सामान्य।
७) देश पोल्याण्ड बस्ने बर्ष ४१ को टावेल, टाउकोमा चोट,अबस्था मध्यम ।
८) जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.८ बस्ने बर्ष ५४ को जनक बन्जारा/ढाँड/काँधमा चोट,अबस्था मध्यम ।
९) जिल्ला रुपन्देही मधुबनी गा.पा.१ बस्ने बर्ष २५ को महमद आशिफ,अबस्था मध्यम ।
१०)जिल्ला काठमाण्डौ च.न.पा. १० बस्ने बर्ष ५१ को धुर्ब महर्जन, टाउको खुट्टा र ढाँडमा चोट, अबस्था सामान्य
११) जिल्ला रुपन्देही लुम्बिनी संस्कृति न.पा.१२ बस्ने बर्ष १८ को रामनिबास लोद, टाउकोमा चोट,अबस्था सामान्य ।
१२)जिल्ला रुपन्देही लुम्बिनी संस्कृति न.पा.१२ बस्ने बर्ष २२ को केदार नाथ लोद, टाउकोमा चोट,अबस्था मध्यम ।
१३)जिल्ला रुपन्देही लुम्बिनी संस्कृति न.पा.१० बस्ने बर्ष २२ को अशोक यादब, मुखमा चोट अबस्था सामान्य ।
१४) देश भारत सिद्धार्थ नगर बस्ने बर्ष २७ को राकेश लोदी,हातखुट्टामा चोट,अबस्था मध्यम
गजुरी अस्पताल प्रालिमा उपचारार्थ घाईतेहरु:-
१) जिल्ला रुपन्देही गैडहवा गा.पा.५ बस्ने बर्ष २८ को दिलिप कुमार चमार,बाँया हात/दाहिने खुट्टामा चोट,अबस्था सामान्य।
२) जिल्ला रुपन्देही गैडहवा गा.पा.५ बस्ने बर्ष ५७ को बाबुराम हजैम, बाँया हात/दाहिने खुट्मा चोट, अबस्था सामान्य।
३) जिल्ला काभ्रे नवाबुद्ध न.पा.८ बस्ने बर्ष २० को उत्तम तामाङ,
४) जिल्ला रुपन्देही बस्ने बर्ष ६ को विवश राज श्रेष्ठ, टाउकोमा चोट, अबस्था मधयम।
५) जिल्ला रुपन्देही बस्ने बिरेन्द्र राज श्रेष्ठ, टाउकोमा चोट,अबस्था मध्यम।
६)जिल्ला स्याङजा गल्याङ न.पा.२ घर भई हाल काठमाण्डौ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्र.ज.वर्ष २६ को शिसिर न्यौपाने, अबस्था सामान्य ।
७) जिल्ला स्याङजा गल्याङ न.पा.२ बस्ने बर्ष २८ कि कुसुम ढुङगाना,बाँया हातमा चोट अबास्था मध्यम।
८) जिल्ला स्याङजा वालिङ न.पा.९ बस्ने बर्ष ४७ को भविश्वर गैरे ,टाउकोमा चोट अबस्था मध्यम।
९) जिल्ला प्युठान जिम्रुक गा.पा.६ बस्ने बर्ष २१को संजय भुशाल,अबस्था सामान्य।
१०) जिल्ला सिन्धुपाल्चोक तातोपानि गा.पा.९ बस्ने बर्ष २६ को सोनाम डोल्मा शेर्पा,अबस्था सामान्य।
११) जिल्ला रुपन्देही लुम्बिनि सस्कृती न.पा.१२ बस्ने बर्ष १८ को बलिराम लोद,अबस्था सामान्य।
१२) जिल्ला रुपन्देही लुम्बिनि सस्कृती न.पा.१२ बस्ने बर्ष ७ को मुक्ति नारायण नाँउ, छातिमा चोट सामान्य।
१३) जिल्ला रुपन्देही लुम्बिनि सस्कृती न.पा.१२ बस्ने बर्ष ४० को रमेश नेपाली,सामान्य।
१४) जिल्ला रुपन्देही लुम्बिनि सस्कृती न.पा.१२ बस्ने बर्ष ५ की काब्य नेपाली,सामान्य।
१५) जिल्ला रुपन्देही काराहीमाई गा.पा.१ बस्ने बर्ष ३५ कि निर्मला नाँउ,अबस्था सामान्य।
१६) जिल्ला रुपन्देही संस्कृति न.पा.४ बस्ने बर्ष ३१ को अबदुल्ला मुसलमान,अबस्था सामान्य।
१७) देश भारत उत्तर प्रदेश बगनाउ गाउ पत्थरावा बस्ने ३८ को अक्लेश कुमार बानिया,अबस्था सामान्य।
१८)जिल्ला काभ्रे नवबुद्ध न.पा. ८ बस्ने बर्ष २९ को बिराज लामा,टाउकोमा चोट,अबस्था मध्यम।
१९)जिल्ला सिन्धुपाल्चोक तातोपानि गा.पा. ९ बस्ने बर्ष ४७ को गगन लावाङ सेन्दुक शेर्पा,टाउकोमा चोट अबस्था मध्यम।
२०)जिल्ला रुपन्देही गैडहवा गा.पा.५ बस्ने बर्ष १८ रमेश चमार,अबस्था सामान्य ।
प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारार्थ घाईतेहरु:-
१)जिल्ला रुपन्देही लु.स.न.पा. सिमारी २ बस्ने बर्ष ४० को ओमप्रकाश यादब, टाउको/दाँत/खूट्टामा,चोट सामान्य ।
२) जिल्ला नवलपरासी सुनवल न.पा.४ बस्ने बर्ष २३को राजु नेपाली, खुट्टा/छातिमा चोट,अबस्था सामान्य।
३) जिल्ला रुपन्देही संस्कृति न.पा.६ बस्ने बर्ष ३० को अबिबुल्ला मुरुल, हात/खूट्टामा चोट,अबस्था सामान्य।
४) जिल्ला रुपन्देही बुटवल बस्ने बर्ष २३ को दया बानिया,अबस्था सामान्य ।
५) जिल्ला पाल्पा रम्बादेबी गा.पा.१ बस्ने बर्ष १८ को नबिन अर्यालको हातमा चोट,अबस्था सामान्य।
(तस्बिर राजेन्द्र सुवेदी, घाटबेसी)


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar