थाक्रेका बाबुरामलाई जबरजस्ती करणी उद्योगमा साँढे तिनवर्ष कैद, डेढलाख जरिवाना

थाक्रेका बाबुरामलाई जबरजस्ती करणी उद्योगमा साँढे तिनवर्ष कैद, डेढलाख जरिवाना

  • Kandara Samachar

  • सोमवार, फाल्गुन २१, २०८०

  • 83
    SHARES
थाक्रेका बाबुरामलाई जबरजस्ती करणी उद्योगमा साँढे तिनवर्ष कैद, डेढलाख जरिवाना

प्रविन रिजाल/ धादिङ

५४ वर्षिया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरेकाे कसुरमा थाक्रे गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय बाबुराम भन्ने इन्द्र बहादुर तामाङलाई तीन वर्ष ६ महिना कैद गर्ने फैसला भएकाे छ ।
साेमबार जिल्ला न्यायधिस गाेपाल प्रसाद वास्ताेलाकाे ईजलासले कसुरदार ठहरिएका तामाङलाई साँढे तिनवर्ष कैद गर्दै १ लाख ५० हजार जरिवाना गरिएकाे फैसला गर्नुभएकाे हाे ।
०७९ माघ ५ गते कसुरदार तामाङ महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा माघ ९ गतेदेखि थुनामा राखिएकाे थियाे ।
माघ २९ गते जिल्ला अदालत धादिङमा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भई विचारनधिन रहेकाेमा साेमबार जिल्ला अदालतले मुद्दा फैसला गरेकाे श्रेस्तेदार माधव भण्डारीले बताउनुभयाे ।
कसुरदार तामाङ विरुद्ध ०७९ माघ ६ गते पीडितले इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिइन् । प्रहरीले आरोपितलाई माघ ९ गते गिरफ्तार गर्यो । पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते धादिङ अस्पतालमा भयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar