नानु कार्की/धादिङ
पतंजलि योग समिति धादिङको आयोजना, नीलकण्ठ नगर पालिकाको आर्थिक सहयोग, पतंजलि योग पिठ नेपालको प्राविधिक व्यवस्थापन तथा स्थानिय संघ संस्थाको सहभागितामा यहि फागुन २४ देखि २८ गतेसम्म चिल्ड्रेनपार्क वोर्डिङ स्कूल ( सिपी कलेज ) धादिङवेसीमा निःशुल्क योग विज्ञान शिविर हुने भएको छ ।
विलासी जीवन शैली र खानपानमा ध्यान नदिंदा विश्वभर धेरै मानिसहरु असक्त (अपांगता) भई जीवन व्यतित गरिरहेका छन् भने कयौंको अकालमा ज्यानै गएको छ । योग, ध्यान र व्यायमको माध्यामले मानिसलाई स्वस्थ्य वनाउने उद्देश्यका साथ संचालन हुने उक्त शिविरलाई व्वस्थित रुपमा संचालन गर्न पतंजलि योग समिति धादिङका अध्यक्ष गोविन्दकुमार श्रेष्ठको अध्यक्षतामा विभिन्न स्थानिय संघ संस्था तथा सामाजिक व्यक्तिहरुको सहभागितामा १ सय ५१ जनाको मूल आयोजक समिति गठन गरिक्को छ । हरेक दिन ७ सय जना भन्दा वढि मानिसहरुलाई एकै स्थानमा योग गराउने उद्देश्यले संचालन गरिने शिवरलाई व्यवस्थित गर्न ११ वटा उपसमितिहरु गठन गरि जिम्मेवारी वाँडफाड गरिएको छ । प्रचार प्रसार उपसमितिको संयोजकमा राजकुमार श्रेष्ठ, शिविर स्थल व्वस्थापन उपसमितिको संयोजकमा वद्रि प्रसाद सुवेदी, आर्थिक संकलन उपसमितिको संयोजकमा ज्ञानु कडेल दुवाडी, अतिथि सत्कार उपसमितिको संयोजक कमला देवि श्रेष्ठ, स्वमसेवक व्यवस्थापन समितिको संयोजकमा गणेशकुमार श्रेष्ठ, विद्युत तथा साउण्ड सिस्टम व्वस्थापन उपसमितिको संयोजकमा निर्माण गोपाली, होटल व्यवस्थापन उपसमितिको संयोजकमा कुमार बहादुर बुढाथोकी, जडिवुटी प्रदर्शनी तथा आयुर्वेदिक ओैषधी वितरण उपसमितिको संयोजकमा केशव थपलिया, प्राकृतिक उपचार पद्दति व्यवस्थापन उपसमितिको संयोजकमा यम बहादुर श्रेष्ठ, सम्मान तथा प्रमाण पत्र तयार उपसमितिको संयोजकमा शष्टिकुमार श्रेष्ठ र हवन व्यवस्थापन समितिको संयोजकमा अम्विका सुवेदी रहनु भएको छ ।
शिविर हरेक दिन विहान ४:३० बजे दिप प्रज्वलन गरि योग शुभारम्भ गरिनेछ भने हरेक दिन दिउँसो २ बजे देखि साँझ ६ बजे सम्म रोग विशेष योगाभ्यास, आयुर्वेदिक ओैषधीको प्रयोग र प्राकृतिक उपचार पद्दतिको बारेमा विज्ञ गुरुहरुबाट प्रशिक्षित गराउने छ ।
शिविरलाई भव्य सव्य रुपमा सम्पन्न गर्न प्रचार प्रसार गर्ने उद्देश्यले ०८० फागुन २३ गते विहान ७:०० बजे धादिङवेसी पुछारबजार पुलचोकदेखि सित्तलबजारसम्म प्रभातफेरी समेत आयोजना गरिएको पतंजली योग समिति धादिङका महामन्त्रि राजकुमार श्रेष्ठले जानकारी गराउनु भएको छ ।
—