हेड्स नेपालको साधारण सभा: मानविय सेवामा लाग्ने प्रतिवद्धता

हेड्स नेपालको साधारण सभा: मानविय सेवामा लाग्ने प्रतिवद्धता

  • Kandara Samachar

  • शनिबार, फाल्गुन १९, २०८०

  • 120
    SHARES
हेड्स नेपालको  साधारण सभा: मानविय सेवामा लाग्ने प्रतिवद्धता

सुदिप अधिकारी/धादिङ
मानविय सेवामा क्रियाशिल हेड्स नेपालको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मानव सेवाको लागि स्वयम सेवा गर्ने तथा मानव जातिको ज्यान वचाउन सहयोग गर्ने संघसंस्थाहरु र नेपाल सरकारसंग सहकार्य गर्दै जाने उद्देश्यले दिलो ज्यानले मानव समुदायको सेवा गरौं भन्ने मुख्य नाराका साथ संस्था स्थापना भएकोले २०५० सालमा स्थापना भएको संस्थाको हाल सम्म ४५ जिल्लामा शाखा रहेको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दिलिप देवकोटाले बताउनु भयो ।
२०७५ सालमा जिल्ला शाखा धादिङ गठन भएको र मानव सहयोगको लागि व्यक्ति स्वयंबाट आर्थिक सहयोग संकलन गरि सहयोग प्रदान गराउँदै आएको, विभिन्न सामाजिक गतिविधीहरु संचालन गर्दै आएको नीलकण्ठ क्याम्पसका पुर्व क्याम्पस प्रमुख संस्थाका अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले वताउनु भयो ।
हृदयरोग निवारण प्रतिष्ठान लगाएत स्थानिय संघ संस्थासंग सहकार्यमा स्वास्थ्य शिविर, असक्तलाई उपचार सहयोग र विद्यालयमा स्टेशनरी तथा कपडा समेत वितरण गरिएको संस्थाको पाँचौ साधारण सभामा सचिव नारायणलाल श्रेष्ठले वताउनु भयो भने,
संस्थाकाले आ.व. २०८०/८१ मा २ लाख ८१ हजार २ सय ६५ रुपैयाँकाे आर्थिक विवरण प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा गोरखा शाखाका अध्यक्ष, नीलकण्ठ क्याम्पसका।प्रमुख नवराज शर्मा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङका सभापति राजकुमार श्रेष्ठले साधारण सभाको सफताको शुभकामना व्यक्त गर्नु भएको थियो


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar