१५ सैयाकाे आयुर्वेद अस्पतालमा १ जनापनि विरामी भर्ना गर्न नपाईएकाे खुलासा

१५ सैयाकाे आयुर्वेद अस्पतालमा १ जनापनि विरामी भर्ना गर्न नपाईएकाे खुलासा

  • Kandara Samachar

  • शुक्रबार, फाल्गुन १८, २०८०

  • 124
    SHARES
१५ सैयाकाे आयुर्वेद अस्पतालमा १ जनापनि विरामी भर्ना गर्न नपाईएकाे खुलासा

सीताराम अधिकारी
धादिङ/
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकाे १५ सैयाकाे अस्पताल स्वीकृति छ । तर बेड छैन । वहिरंग उपचार सेवा संचालनमा छ । एकजना विरामी भर्ना गर्न सकिने अवस्थामा कुनैपनि संरचना र श्राेत साधन नभएकाेले अस्पताल भएरपनि भर्ना गरेर उपचार गर्न नपाएकाे कार्यालय प्रमुख डा. अमुल्य दहालले बताउनुभयाे ।
आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले जिल्लाका पत्रकारहरुसंग आयुर्वेद सेवा प्रवर्द्धन गर्न अन्तर्कृया कार्यक्रम आयाेजना गरि सेवा प्रवाहका बारेमा जानकारी दिएकाे छ ।
कार्यक्रममा आयुर्वेद सेवातर्फ सेवाग्राहीकाे अार्षण बढेकाे र धादिङमा दैनिक ८० भन्दा बीले सेवा लिने गरेकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अमूल्य दहालले बताउनुभयाे ।
आयुर्वेद सेवामा उपचारात्मक र प्रवर्धनात्मक सेवा संचालन गरिएकाे बताउँदै डा. दहालले १५ सैयाकाे अस्पताल भनिएपनि एकजना पनि भर्ना गरेर राख्न मिल्ने अवस्था नभएकाे बताउनुभयाे ।
धादिङमा आयुर्वेद वहिरंग सेवा ४ हजार ३९६ जना, ज्येष्ठ नागरिक १ हजार १११ जना, स्तनपायी आमा ८६ जना,
पुर्वकर्म/ पंचकर्म २ हजार ६३६ जना, प्याथोलोजी ल्याव ७ सय ३७ जना, अकुपन्चर सेवा ८ सय ५ जना, फिजियोथेरापी सेवा ८ सय १ जना, नागरिक आरोग्य सेवा केन्द्र ३ हजार ७५७ जना गरि १४ हजार ३ सय ९२ जनाले ६ महिनाकाे अवधीमा सेवा लिएकाे तथ्यांक सार्वजनिक गरिएकाे छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको व्यवस्थापन समिति अध्यक्ष भरत ढुंगानाकाे अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीकाे प्रमुख आतिथ्यमा भएकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै ढुंगानाले माैलिक चिकित्सा प्रणाली आयुर्वेद भएकाेले प्रचारप्रसार गर्न संचारकर्मीहरुलाई आग्रह गर्नुभयाे । सरकारले व्यवस्थापन समिति गठन गठन गरेर काम गर्न नदिएकाे भन्दै हातखुट्टा बाँधेर काममा पठाएकाे आराेप लगाउनुभयाे । आफ्नाे कार्यकालमा आयुर्वेद भवन बनाउन प्रकृया अघि बढेकाे ढुंगानाले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar