धादिङ संचार सहकारी अध्यक्षमा बद्री अधिकारी

धादिङ संचार सहकारी अध्यक्षमा बद्री अधिकारी

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन १७, २०८०

  • 143
    SHARES
धादिङ संचार सहकारी अध्यक्षमा बद्री अधिकारी

धादिङ ।

धादिङ संचार सहकारी संस्था लिमिटेडको अध्यक्षमा बद्री अधिकारी चयन हुनुभएको छ । बुधबार सम्पन्न संस्थाकोे अधिवेशनले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय समिति चयन गरेको हो ।
सहकारीकाे उपाध्यक्षमा मनिष दुवाडी, शिवराज आचार्य, महासचिवमा अर्जुन श्रेष्ठ, सचिवमा निरमाया गुरुङ, कोषाध्यक्षमा रेख बहादुर गुरुङ चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा अर्चिता उप्रेती, सन्दिप घिमिरे, राजाराम डंगोल, निर तामाङ र गणेश पाण्डे रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा सन्तोषराज श्रेष्ठ, सदस्यहरुमा लक्ष्मी भुजेल, सन्तोष अधिकारी चयन हुनुभएको छ भने सल्लाहकारमा राजाराम शर्मा, रोजेन्द्र कुमार बस्नेत र पोषनाथ अधिकारी रहनुभएको छ ।
सहकारीकाे ६० जना पत्रकारहरु सेयर सदस्य हुनुहुन्छ ।
निस्कृय रहेको सहकारीलाई पत्रकारहरुमाझ सक्रिय बनाउने नव निर्वाचित अध्यक्ष अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar