अक्षर र शब्द मनपराउँदा कविता बन्याे

अक्षर र शब्द मनपराउँदा कविता बन्याे

  • Kandara Samachar

  • आइतवार, फाल्गुन १३, २०८०

  • 110
    SHARES
अक्षर र शब्द मनपराउँदा कविता बन्याे

✍️ सृजना अर्याल अधिकारी
अक्षर मन पराउँछु, शब्दहरू मन पराउँछु र तिनीहरूसितै खेल्न मन लाग्छ । खेल्दाखेल्दै कहिले तिनलाई कविता बनाऊँ भन्छु, कहिले गजल बनाऊँ भन्छु…… मैले बनाउन खोजेजस्तो कविता या गजल कहिल्यै बने बनेनन् थाहा छैन । शब्दहरूलाई छन्दका बन्धनहरूले बाँधिरहँदा तिनले न्याय पाए पाएनन् त्यो पनि थाहा छैन तर मेरो सपनाले एक खुड्किलो माथि टेक्न पाएको छ ।

म जन्मेको माटोमा टेकेर, आफू खेलेको डुलेको बाटोघाटो र पाखा पखेरालाई वरिपरि राखेर, माता पिता, गुरुजन, साथीहरू र सम्पूर्ण शुभचिन्तकको सान्निध्यमा मेरो दोश्रो कविताकृति बोध अन्तर्बोध र पहिलो सङ्गीतबद्ध गजल ‘गुलाबी मन’ को अडियो सार्वजनिक गर्न पाउँदा हर्षको सीमा छैन । केही छुटेका अनुहार सम्झिरह्यो मनले र केही उपस्थित हनुहार देखेर फुरुङ्ग भइरह्यो मन । अग्रजको माया र आशीर्वादले पुलकित भएकी छु । टाढा टाढादेखि उपस्थित भएर, फोन, म्यासेज तथा विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्नुहुने सबैलाई हृदयदेखि नमन । नजिक हुँदा पनि चाहेर/नचाहेर उपस्थित हुन नसक्नुभएका सबैलाई पनि नमस्कार छ।

कार्यक्रम सञ्चालन व्यवस्थापनको पाटोमा धेरै कमी कमजोरी भएका हुन सक्छन् । छोटो समयको तयारीमा गरिएको कार्यक्रममा भएका कमी कमजोरीलाई बुझिदिनुहुनेछ भन्ने आशा छ। तमाम कमजोरीहरूका लागि आयोजक संस्था र व्यक्तिगत तर्फबाट पनि क्षमा चाहन्छु। हजुरहरूको सल्लाह सुझाव अनुरूप आगामी दिनमा ती त्रुटिहरू सँच्याउँदै लैजाने छौँ ।

बोध अन्तर्बोध र गुलाबी मन अब मेरोमात्र रहेनन् , हजुरहरूका पनि भैसके । अब यिनीहरूलाई कति अघिसम्म लैजाने या नलैजाने जिम्मा पनि हजुरहरूकै भयो । किताब पढिसकेपछि आवश्यक सल्लाह, सुझाव र मार्गदर्शन पाउने नै छु भन्ने लागेको छ । हजुरहरूको ताली र गाली दुवै शिरोपर हुने छ ।आफूमा केही जिम्मेवारी थपिएको बोध भएको छ, मेरो तर्फबाट सक्दो निभाउने कोसिस गर्नेछु । साथ सहयोग र हौसलाका लागि सबैलाई हार्दिक धन्यवाद! कार्यक्रमको आयोजक संस्था धादिङ सिर्जना प्रतिष्ठानप्रति आभार! सञ्चारकर्मी साथीहरू र सम्पूर्ण मिडियालाई हार्दिक धन्यवाद: सम्पूर्णमा आभार!!!!
हजुरहरूको प्रेमलाई जोगाएर राख्न सकूँ, यही चाहना छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar