उदयमान कवयित्री सृजना अर्याल अधिकारीकाे”बाेध अन्तर्बाेध” कविता संग्रह लाेकार्पण

उदयमान कवयित्री सृजना अर्याल अधिकारीकाे”बाेध अन्तर्बाेध” कविता संग्रह लाेकार्पण

  • सीताराम अधिकारी

  • शनिबार, फाल्गुन १२, २०८०

  • 229
    SHARES
उदयमान कवयित्री सृजना अर्याल अधिकारीकाे”बाेध अन्तर्बाेध” कविता संग्रह लाेकार्पण

धादिङ ।
धादिङकाे नयाँ पुस्ताकी उदयमान कवयित्री सृजना अर्याल अधिकारी द्वारा लिखित “बाेध अन्तर्बाेध” कविता संग्रहकाे शनिबार लाेकार्पण गरिएको छ ।
विभिन्न १७ ओटा छन्दमा ६० कविता रहेकाे पुस्तककाे कवयित्रीकाे आमा लक्ष्मी अर्याल, प्राज्ञ तथा वयंगकार नरनाथ लुईटेल, साहित्यकार डा. नवराज लम्साल, प्रा डा. रामहरी लम्साल, साहित्यकार बद्री दहालले लाेकार्पण गर्नुभएकाे हाे । सिद्धलेक गाउँपालिका हलमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै समालाेचक प्रा. डा. रामहरी लम्सालले कवित्वबाट खारिँदै, समाज दर्शन बन्दै मातृभूमि र माटाेकाे ममता, प्रकृतिकाे आकर्षण, आशाबादी स्वर भएकाे कविता संग्रह रहेकाे बताउनुभयाे ।
वरिष्ठ साहित्यकार डा. नवराज लम्सालले चिन्ताकाे कथा हालेर हालेरमात्र कवि नभईने भएकाेले प्रेम र चिन्तन टिपेर लेख्न अाग्रह गर्नुभयाे । नेपालकाे साहित्यलाई ईंगिंत गर्दै डा. नवराज लम्सालले “हामी बाेक्राहरुकाे कुरा लेख्छाैँ, किन भित्र छिर्दैनाैँ ?” प्रश्न गर्नुभयाे ।
प्राज्ञ तथा व्यंगकार नरनाथ लुईटेलले कुलाे, सडक, भवन निर्माण मात्र विका नभई भाषा, साहित्य संस्कृति पनि विकासकाे रुपमा लिन स्थानिय सरकारहरुलाई आग्रह गर्नुभयाे । सृजना अर्याल अधिकारी सिद्धलेककाे मात्र नभई देशकै साहत्यकार भएकाे उहाँकाे भनाई छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar