नेकपा एमाले धादिङको अधिवेशन: ५५ जना निर्विराेध सबै त्रिपाठी पक्षका

नेकपा एमाले धादिङको अधिवेशन: ५५ जना निर्विराेध सबै त्रिपाठी पक्षका

  • Kandara Samachar

  • बुधबार, फाल्गुन २, २०८०

  • 152
    SHARES
नेकपा एमाले धादिङको अधिवेशन:  ५५ जना निर्विराेध सबै त्रिपाठी पक्षका

धादिङ ।
नेकपा एमाले धादिङको नयाँ नेत्तृत्व चयनका लागि सदरमुकाम धादिङबेसीमा अधिबेशनको वन्द सत्र सञ्चालन भईरहेको छ । वन्द सत्र अन्र्तगत शुरु भएको निर्वाचन कार्यक्रममा ११२ पदका लागि १८४ जनाको उम्मेदवारी परेको छ । ५५ जना निर्विराेध निर्वाचित हुनुभएकाे छ ।
निर्विरोध निर्वाचित हुनेहरुमा धुनिबेसीबाट गोपिनी खत्री र सुलोचना सुवेदी, थाँक्रेबाट नर्मदा अर्याल ,बिष्णुकुमारी राई , अप्सरा अधिकारी ,युवराज खतिवडा,रामेश्वर काकी, देवकी पौडेल , रजनी लामा रहेका छन् ।
गल्छीबाट, केदारनाथ खतिवडा, रामहरी थापा, केशव अधिकारी, षडानन्द खनाल, सीता दुवाडी खनाल, कविता अधिकारी श्रेष्ठ ,बविता खतिवडा र दिलवहादुर रम्तेल रहेका छन ।
गजुरीबाट धनकुमारी धमला, भगवती खतिवडा योगेन्द्र कुमार बस्नेत, उर्मिला तिमिल्सिना, वेनिघाटरोराङबाट भुवन त्रिपाठी, गोविन्दप्रसाद कँडेल, फणिन्द्रराज सिलवाल, हिरादेवी रेग्मी, तुलकुमारी आले, सुधिर विसुराल सिद्धलेकबाट देवकी सिलवाल, सिता रिजाल नेपाल, र केशव सिलवाल कमल जिल्ला कमिटीको सदस्यमा निर्विरोध चयन भईसकेका छन् ।
नीलकण्ठबाट शंकर श्रेष्ठ युवा बाट र दुर्गाप्रसाद थपलिया अपाङ्गता क्षेत्रबाट ,नेत्रावती डवजङमा डालमाया तामाङ निर्विरोध भएका छन भने त्रिपुरासुन्दरीबाट सुशिला अधिकारी, प्रेम कुमार श्रेष्ठ, गोकुल अधिकारी, अर्जुनप्रसाद रिमाल, कृष्णकुमारी थापा श्रेष्ठ र राममाया पन्थ निर्विरोध भएका छन । त्यसैगरी गंगाजमुनाबाट रमेश ढकाल, बलबहादुर अधिकारी,केशव सिम्खडा,रामचन्द्र श्रेष्ठ,एन्जिला तामाङ, शान्ति घले, लालबहादुर थापा निर्विरोध भएका छन । खनियबासबाट मानवहादुर तामाङ, उर्गेनवर्ती तामाङ,रुवीभ्यालीमा प्रज्वल तामाङ , हेम थापा तामाङ र ज्वालामुखीमा सरिता श्रेष्ठ जिल्ला कमिटी सदस्यमा निर्विरोध भएका छन ।
अल्पसंख्यक क्षेत्रबाट आयूष प्रजा निर्विरोध भएका छन् । त्यसै गरी लेखा आयोगको अध्यक्षमा डिल्लीप्रसाद पाठक,उपाध्यक्षमा गोकर्ण दुवाडी र सचिवमा इन्द्रकुमार त्रिपाठी निर्विरोध भईसकेको निर्वाचन समितिले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
बाँकी पदका लागि मंगलबार विहान मतदान शुरु गरिने जनाईएको छ । अधिवेशनमा ५ सय ७८ जना मतदाता रहेका छन् ।
निर्विराेध निर्वाचित भएका सबै सदस्य भुमि त्रिपाठी पक्षका रहेका छन् ।
अध्यक्ष पदमा अधिबक्ता भूमि त्रिपाठी र डाक्टर रामकुमार अधिकारीको उम्मेदवारी परेको छ । कमजाेर उम्मेदवार मानिएका अधिकारिकाे पक्षमा प्रतिनिधि नभएपछि अनेक बहाना गरेर अधिवेशन स्थगित गराउन शक्तिकाे प्रयाेग समेत गराउनु भएकाे थियाे ।
उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोर्खाली र रामकुमार अाचार्य, सचिवमा राधिका सापकोटा र हरिराम लोहनीको उम्मेदवारी परेको छ । यसै गरी उपसचिव खुल्लामा भक्तबहादुर लामिछाने र काजी श्रेष्ठ, उपसचिव महिलामा उर्मिला रेग्मी र खुपीकुमारी तामाङको उम्मेदवारी परेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar