नेकपा एमाले धादिङको स्थगित अधिवेशन संगठन विभागको सहभागितामा सुरु हुने

नेकपा एमाले धादिङको स्थगित अधिवेशन संगठन विभागको सहभागितामा सुरु हुने

  • Kandara Samachar

  • सोमवार, माघ २९, २०८०

  • 150
    SHARES
नेकपा एमाले धादिङको स्थगित अधिवेशन संगठन विभागको सहभागितामा सुरु हुने

धादिङ ।
नेकपा एमाले धादिङको स्थगित भएको नवोँ अधिवेशनको बन्द सत्र मंगलबार पुनः सुरु हुने भएको छ ।
नेकपा एमाले महासचिव शंकरपोखरेलले माघ १९ गते भव्य समारोहका बिच उद्घाटन गर्नुभएको अधिवेशनको बन्दसत्र होहल्ला गरि स्थगित भएको थियो ।
एमाले नवौँ जिल्ला अधिवेशन स्थगित भएपछि नेकपा एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेल र सदस्य भानुुभक्त ढकालको टोलीले जिल्ला पार्टी कार्यालय, बारबाट लडेर घाइते भएका एक घाइते लगायतलाई भेटि अध्यान गरेको छ । प्रतिनिधि छनौट प्रकृया तथा निर्णयहरुका बारेमा समेत छलफल गरेको र दस्तावेजहरुकोअध्यान गरेको थियो ।
संगठन विभागले नेकपा एमाले केन्द्रीय पार्टी कार्यालयमा पटक पटक संगठन विभाग, धादिङमा खटाइएका पार्टी इन्चार्ज, पालिका इन्चार्ज, तथा सिन्धुलीका पार्टी इन्चार्ज, प्रदेश कमिटिका अध्यक्ष तथा नेकपा उमाले धादिङका पदाधिकारी लगायत संग बैठक र छलफल पटक पटक गरेको छ ।
संगठन विभागको अध्यान र निष्कर्षपछि फागुन १ गते नेकपा एमाले धादिङको स्थगित भएको अधिवेशनको बन्द सत्र सुरु हुने निर्णय भएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनुुभयो । बन्दसत्रमा नेकपा एमाले केन्द्रीय संगठन विभागको समेत सहभागिता रहने छ ।
जिल्लाका छनौट भएका प्रतिनिधिहरुलाई सबैको मोबाइलमा म्यासेज गरेर बोलाइएको नेकपा एमाले धादिङले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar