गजुरीमा वडा अध्यक्ष, उपाध्यक्ष र पालिका अध्यक्ष बीच सावर्जजनिक विदाको विषयमा जुहारी

गजुरीमा वडा अध्यक्ष, उपाध्यक्ष र पालिका अध्यक्ष बीच सावर्जजनिक विदाको विषयमा जुहारी

  • Kandara Samachar

  • सोमवार, माघ २९, २०८०

  • 329
    SHARES
गजुरीमा वडा अध्यक्ष, उपाध्यक्ष र पालिका अध्यक्ष बीच सावर्जजनिक विदाको विषयमा जुहारी

सीताराम अधिकारी
धादिङ ।
गजुरी गाउँपालिकामा गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा घोषणा गरेपछि वडाअध्यक्षहरु विवाद गर्न सुरु गरेका छन् ।
गजुरी गाउँपलिका अध्यक्ष गणेशलाल श्रेष्ठले पालिकाभरी जनयुद्ध दिवस भनेर विदाको सूचना जारी गर्नुभएको छ ।
गाउँपालिकाको निर्णय नै नगरी विदा दिन नुहुने, पालिकामा छलफल नै नभइ विदाको सूचना जारी गर्न नियम विपरित भएकोले सार्वजनिक विदा नभएको गाउँपालिका उपाध्यक्ष शर्मिला विसुरालले नेपाल समाचारपत्रलाई बताउनुुभयो । गजुरी गाउँपलिका कार्यपालिकाको बैठक माघ २८ गते बसेको भएपनि फागुन १ गते विदा दिने विषयमा छलफल नै नभएको एक कार्यपालिका सदस्यले जानकारी दिनुुभयो ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले निर्णय अनुसार पालिकाभित्र सार्वजनिक विदाको सूचना निकालेपछि उपाध्यक्ष विसुरालले माघ २९ गते सार्वजनिक विदाको खण्डन गर्दै सूचना जारी गरेर सम्पूर्ण सरकारी र गैरसरकारी तथा सार्वजनिक निकाय संचालन गर्न सूचना गर्नुभएको हो ।
सर्वोच्च अदालतले फागुन १ गते विदा दिन नहुने फैसला गरेसंगै माघ २९ गृह मन्त्रालयले समेत फागुन १ गते सार्वजनिक विदा नहुने सूचना समेत जारी गरेको थियो ।
गजुरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजाले समेत सूचना जारी गर्दै अदालतभन्दा माथी कोही नभएकोले फागुन १ गते सार्वजनिक विदा नभएको उल्लेख गर्नुभएको छ ।
गजुरी गाउँपलिका अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित हुनुुभएको हो भने उपाध्यक्ष शर्मिला बिसुराल र वडा अध्यक्ष प्रजा नेपाली काँग्रेसबाट निर्वाचित हुनुुभएको थियो । गजुरीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित भएका हुन् ।
निर्वाचन पछि जनसरोकारको विषयमा पालिका अध्यक्षले मनोमानी निर्णय गर्ने र विकासका कार्यहरुमा एकलौटी गर्ने गरेको आरोप वडाअध्यक्ष तथा उपाध्यक्षको समेत रहकेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar