लैंगिक हिंसा विरुद्ध धादिङबेसीमा प्रभातफेरी

लैंगिक हिंसा विरुद्ध धादिङबेसीमा प्रभातफेरी

  • Kandara Samachar

  • आइतवार, मंसिर १०, २०८०

  • 105
    SHARES
लैंगिक हिंसा विरुद्ध धादिङबेसीमा  प्रभातफेरी

धादिङ ।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन शनिबार धादिङबेसीमा प्रभातफेरीको आयोजना गरि सुरुवात गरिएको छ ।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति र नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, इन्सेक, सहयात्री समाज, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल, फोकस नेपाल, विभिन्न सहकारी लगायतको सहभागितामा प्रभातफेरी आयोजना गरिएको हो ।
धादिङबेसी पुछारबजारबाट सुरुभएको प्रभातफेरी सिरानबजार हुँदै डेरी चौतारामा पुगेर कोणसभा गरिएको थियो ।
सभालाई नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, , जिल्ला प्रहरी प्रमुख एसपि गौतम मिश्र, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, संचारकर्मी, अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिला अधिकारकर्मी तथा अधिवक्ता राधिका सापकोटाले लैगिक अधिकारको आन्दोलन पुरुष विरोधी नभइ समताका लागि भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले पहिलेका महिला अधिकारका विषयभन्दा अहिले समयानुकुल महिला अधिकारका विषयहरु परिवर्तन भएको र महिला अधिकार मानवअधिकार भएकोले सबै मिलेर अभियानको अबसरमा मात्र नभइ सधैँ महिला विरुद्ध हुने सबै किसिमका हिंसा विरुद्ध लाग्न आग्रह गर्नुभयो ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले सदियौँदेखि पितृसत्ताका कारण महिला पछि परेको हाम्रो रिति रिवाज, परम्परा, धर्म आदीका नाममा महिलामाथी हिंसा हुने गरेकोले प्राप्त उपलब्धीको रक्षा गर्दै भुइमान्छेहरुले अधिकार पाउनेतर्फ स्थानीय सरकारले काम गरिरहेको र आफूँ पनि महिला अधिकारका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्छु भन्ने प्रतिवद्धता व्यक्त गर्दै विश्वकर्माले सामाजिक अधिकार सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar