तमु विद्यार्थीकाे राष्ट्रिय भेला तयारी पूरा

तमु विद्यार्थीकाे राष्ट्रिय भेला तयारी पूरा

  • कन्दरा समाचारदाता

  • शुक्रबार, कार्तिक १७, २०८०

  • 129
    SHARES
तमु विद्यार्थीकाे राष्ट्रिय भेला तयारी पूरा

धादिङ/
नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङबेसीमा गर्नका लागि तयारी पूरा भएकाे छ । कात्तिक १८ र १९ गते हुने भेलाको सम्पूर्ण तयारी पुरा भएकोले विद्यार्थीहरु स्वागतकाे लागि तयारि समत गरिएकाे विद्यार्थी छोज धीं धादिङका अध्यक्ष अनिल तमुले बताउनुभयाे ।
धादिङमा गुरुङहरुको उल्लेख्य बसोबास रहेकोले पार्षद भेला धादिङबेसीमा आयोजना गरिएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रीय समितिका अध्यक्ष विश्वराज गुरुङले पत्रकार सम्मेलन गरि जानकारि दिनुभयाे
। पहिचानको आन्दोलनलाई निरन्तरता दिन र भाषा धर्म तथा परम्परालाई बुलंद बनाई सम्पूर्ण गुरुङहरुलाई एकताको सुत्रमा बाध्न पार्षद भेलाले सहयोग गर्ने अपेक्षा लिएको उहाँकाे भनाई छ ।

भेला उद्घाटन अघि ‘तमु भेषभुषा तथा संस्कृति हाम्रो पहिचान, उत्पादन तथा रोजगारमुलक शिक्षा पद्धति हाम्रो अभियान’ भन्ने मुल नारा सहित धादिङबेसीको बजारमा तमु भेषभुषा तथा झाँकी सहितको र्याली हुनेछ । पार्षद भेलामा ४० जिल्लाका १ सय ५० प्रतिनिधी सहभागी हुनेछन् ।
भेलाले संस्थाको विधान गर्ने तयारी गरेको छ । तमु विद्यार्थी अक्षय कोष शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । भेलाको तमु ह्युला छोंज धी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्ण बहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar