कोशीमा मन्त्रिपरिषद् गठन

कोशीमा मन्त्रिपरिषद् गठन

  • Kandara Samachar

  • आइतवार, अशोज २८, २०८०

  • 121
    SHARES
कोशीमा मन्त्रिपरिषद् गठन

काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले मन्त्रिपरिषद् पनि विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीको सिफारिशमा प्रदेश प्रमुख खापुङले रामबहादुर राना मगर र शमशेर राईलाई मन्त्री नियुक्त गरेका छन्। दुवै जनालाई विना विभागीय मन्त्री नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्री राना मगर नेकपा (एमाले)तर्फबाट र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन्।

यससँगै नवनियुक्त मुख्यमन्त्री कार्कीले मध्यावधि चुनावको सम्भावना टरेको भन्दै खुसी व्यक्त गर्दै सहमतिको सरकार बनाउने बताएका छन्।

‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ,’ आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने।

कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar