बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

  • Kandara Samachar

  • शनिबार, अशोज २७, २०८०

  • 119
    SHARES
बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

काठमाडौं, २७ असोज । बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी नागरिक मारिएका छन ।

 

अलजजिराका अनुसार गाजाको उत्तरी क्षेत्रवाट भाग्ने क्रममा इजरायलले हानेको बमवाट ३२० भन्दा बढी मारिएका हुन ।

 

गाजा सहरबाट भाग्ने काफिलेहरूमा इजरायली हवाई आक्रमण जारी छ । सो क्रममा  धेरै महिला र बालबालिकाहरूसहित गत २४ घण्टामा ३२० भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका हुन ।

इजरायली बमको घेरामा परेका प्यालेस्टाइनीहरू मारिने क्रम निरन्तर बढीरहेको एन्क्लेभका स्वास्थ्य अधिकारीहरूले जनाएका छन ।

गत हप्ता इजरायल भित्र हमासको आक्रमण सुरू भए पछि इजरायलले ११ लाख बासिन्दालाइ थातथलो छाडन चेतावनी दिएको थियो । उसको चेतावनी पछि त्रासमा रहेका प्यालेस्टाइनीहरू आफनो थातथलो छाडने क्रममा नै भएको बम आक्रामणवाट बितेका २४ घन्टामा ३२० भन्दा बढी निर्दोष प्यालेस्टाइनी मारिएका हुन ।

जमिनी आक्रमण सुरु गर्ने भन्दै आएको चेतावनी पछि दक्षिणतिर जान भनेको एक दिन पछि नै इजरायलले गाजामा बमबारी जारी राख्दा बढ्दो संख्या आएको हो।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar