चाडपर्व अनुगमन : झारा टार्दै नगरपालिका, राजश्व उठाउदै जिल्ला अनुगमन समिति

चाडपर्व अनुगमन : झारा टार्दै नगरपालिका, राजश्व उठाउदै जिल्ला अनुगमन समिति

  • Kandara Samachar

  • आइतवार, भदौ ३१, २०८०

  • 196
    SHARES
चाडपर्व अनुगमन : झारा टार्दै नगरपालिका, राजश्व उठाउदै जिल्ला अनुगमन समिति

सीताराम अधिकारी
धादिङ, ३१ भदौ ः

जिल्ला अदनुगमन समिति र नीलकण्ठ नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै गरेको बजार अनुगमन गरिरहेको छ ।
सदरमुकाम र जिल्लाकोसबैभन्दा बढी बजार भएको नीलकण्ठ नगरपालकाले चालु आर्थिक वर्षको अवधीमा २ दिनमात्र बजार अनुगमन गर्दा ७४ पसल, फर्म आदीमा अनुगमन गरेको छ भने २ ओटा बधशालाको अनुगमन गरेको छ।
नीलकण्ठ नगरपालका उपप्रमुख दिपक विकको नेतृत्वमा गरिएको अस्तव्यस्त बधशाला अनुगमनपछि जतिसुककै खराबी भएपनि सुधार गर्नका लागि आग्रह गरेर अनुगमन टोलि फर्किएको थियो । नीलकण्ठ नगरपालिकाले ४३ मासु पसल र ३१ ओटा मिठाइ पसल तथा किराना पसल अनुगमन गर्दा पसल सुधार गर्नुभन्ने भन्दा बाहेक कुनै कारबाही गर्न नसकेको र सबैलाई ७ दिनसम्मको म्याद दिएर सुधारको लागि मौा दिइएको नीलकण्ठ नगरपालिकाका सूचना अधिकारी लोकनाथ उपाध्यायले जानकारी दिनुभयो । भदौको २७ र २८ गतेमात्र औपाचारिकताका लागि गरेको अनुगमनमा ४ ओटा मासुपसल त नयाँ दर्ताका लागि समेतआइसकेको नेपाल ससमाचारपत्रलाई उपाध्यायले जानकारीदिनुभयो । सदररमुकाममा संचालित मासु पसल सबैले कुनैन कुनै मापदण्ड उल्लंघन गरेको र मासुपललेले अहिलेसम्म कुनैपनि सीप सिक्न नपाएको बताएका छन् । खाद्य सामाग्रीमा अखाद्य रङ प्रयोग भएको अनुगमन टोलीले फेलापारेपनि नगरपालकालेकसैलाई पनि जरिवाना भने गर्न सकेन ।
जिल्ला अनुगमन समितिले चालुआर्थिक वर्षमा ४२ पसल तथा फर्महरुको अनुगमन गरेको छ ।
१५ औषधी पसल, १३ किराना पसल, १ मिठाइ पसल, १३ होटलमा अनुगमन गरेकोमा २५ पसल तथा फर्मलाई जरिवाना गराएको जिल्ला घरेलु कार्यालयका प्रमुख एवं जिल्ला अनुगमन समितिका सदस्य सचिव मेघनाथ गौतमले बताउनुभयो ।
२ लाख ३० हजार राजश्व संकलन गरेको जानकारी दिँदै चाडबाडको समयमा मानिसको आवतजावत र सामाग्री खरिद बढी हुने भएकोले अनुगमन बढी गरिएको हो ।
अनुगमनको क्रममा राजमार्गका होटल सरसफाइमा अत्यन्तै कमजोर देखिएको छ । फ्रिज फोहोर जमेर गन्हाएको अवस्थामा छ। खानेकुरामा अखाद्य रङहरुको प्रयोग भएको छ । साग काटेरफेहोर पानीमा समेत पखाल्दै गरेकोसमेत भेटिएपछि कारबाही स्वरुप जरिवाना समेत गरिएको जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले नेपाल समाचारपत्रसंग बताउनुभयो।
होटलहरुमा गरिएकोमूल्य निर्धारण अत्यन्तै बढी लिने गरेको, ४० रुपैयाँ तोकिएका सामाग्री ६० मा अनुगमन समितिले नै खरिद गरेर कारबाही समेत गरिएकोले राजमार्ग क्षेत्रका होटल, किराना पसलहरुले सरकारको मापदण्ड पालना नगरेको पाइएको पराजुलीको भनाइ छ ।
अराजक बढेपनि मूख्या नियन्त्रण गर्न भने अनुगमन समितिहरु सफल भएका छैनन् भने सरसरफाइमा भने विस्तारै सुधार आएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar