एचआईभि एड्सबारे जानकारी दिँदै सडक निर्माण कम्पनी

एचआईभि एड्सबारे जानकारी दिँदै सडक निर्माण कम्पनी

  • Kandara Samachar

  • आइतवार, भदौ २४, २०८०

  • 223
    SHARES
एचआईभि एड्सबारे जानकारी दिँदै सडक निर्माण कम्पनी

नानू कार्की/सिम्ले

एचआईभीएड्स र यसबाट बच्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम थाक्रे गाउँ पालिका वडा नम्बर २ सिम्लेमा सम्पन्न भएकाे छ ।
शर्मा लामा जेड आई.सी.जी जे.भी निर्माण व्यवसायीको आयोजनामा एचआईभि एड्स तथा लैँगिक हिँसा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
तालिममा नौबिसे–मलेखु सडक खण्ड सडक स्तरोन्नतीसँग सम्बन्धित कार्यरत कर्मचारी, ईन्जिनियर, ओभसियर, सर्भेयर लगायतलाई एचआईभि एड्स, यसबाट बच्नेउपाय, यसको रोकथाम तथा न्युनिकरण लगायत लैँगिक हिँसाको विविध पक्षको बारेमा जानकारी गराईएको छ ।
कर्मचारी स्तरमा कार्यक्रम सुरु गरिएकोमा अब समुहगत रुपमा काम गर्ने मजदुरहरुसँग छिट्टै काम सुरु गर्ने तयारी भएको शर्मा लामा जेड आइ सीजि जेभिका सामाजिक विज्ञ नर्मदा अर्यालले बताउनुभयाे ।

कार्यक्रमको सहजीकरण थाक्रे गाँउपालिका ११ मा रहेको सिड्स नेपालको कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीलेसहजिकरण गर्नुभयाे भने नानु कार्कीले सहयोगीको भुमिका निर्वाह गर्नुभएकाे थियाे ।
विश्व बैँकको आर्थिक सहयोगमा भएको कार्यक्रममा शर्मा लामा जेड आईका सि आर धर्मध्वज कुँवरको अध्यक्षता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar