एमसिसिका प्रावधानले नेपालीलाई बेफाइदा हुने राजनीतिक दल र बुद्धिजिविको भनाइ

एमसिसिका प्रावधानले नेपालीलाई बेफाइदा हुने राजनीतिक दल र बुद्धिजिविको भनाइ

  • Kandara Samachar

  • आइतवार, भदौ २४, २०८०

  • 163
    SHARES
एमसिसिका प्रावधानले नेपालीलाई बेफाइदा हुने राजनीतिक दल र बुद्धिजिविको भनाइ

धादिङ /
सम्सदले अनुमोदन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विरुद्ध (बिप्लब) ले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टी पश्चिम ताम्सालिङ ब्यूरोले धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि जनहित विरोधी कदम संसदबाट सच्याउन माग गरिएको छ ।
एमसिसि सम्झौता र राष्ट्रिय स्वाधिनताको विषयमा नेपाल कम्यूनिष्ट पार्टीका पश्चिम तामसालिङ ब्यूरोका इन्चार्ज आजाद सि ले कार्यपत्र प्रस्तुत गर्दै एमसिसिलाई नेपालको संबिधान र कानूनभन्दा माथी राख्न खोजेको, नेपालले एमसिसिमा लगानी गरेपनि बौद्धिक सम्पत्ती अमेरिकाको हुने लगायतका विषय अमान्य भएको उल्लेख गर्नुभएको छ ।
बौद्धिक सम्पत्तीको नााममा नेपालका पुराना चिजहरु समेत अमेरिका लाने रणनीति अन्तरगत पनि यो एमसिसि आएको बताउँँदै नेपालको लगानी भएरपनि नेपालले लेखा परिक्षण गर्न नपाउने, परियोजना भएको भनिएरपनि नेपालको हितमा प्रयोग गर्न नपाइने प्रावधानहरुका कारण एमसिसि संसदबाट खारेज गर्न धादिङका केही राजनीतिक दल र बुद्धिजिविहरुले माग गरेका छन् ।
नेपाल कम्यूष्टि पार्टी का स्थाइ कमिटि सदस्य, तथा पश्चिम व्यूरोका इन्चार्ज कर्णजित बुढाथोकी (शुशिल सि)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बामपन्थी वुद्धिजिविहरु उत्तम कँडेल, शेरबहादुर भण्डारी (ज्योती), क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका अमृत अधिकारी, नेकपा एसका शिवराज सापकोटा, नेपाल समाजबादी पार्टीका जिल्ला अध्यक्ष राम ढकाल, राप्रापका शयामसिंह ठकुरी, नेपाल कम्यूनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य आस्था सि लगायतले एमसिसिको गतलत प्राबधानले नेपालको हित विपरित भएको बताउनुभयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar