दुर्घटनाको कारण अत्याधिक गति र ओभरटेकः यात्रु बस त्रिशुलीमा खस्दा ८ को मृत्यु, १६ घाइते

दुर्घटनाको कारण अत्याधिक गति र ओभरटेकः यात्रु बस त्रिशुलीमा खस्दा ८ को मृत्यु, १६ घाइते

  • Kandara Samachar

  • बुधबार, भदौ ६, २०८०

  • 173
    SHARES
दुर्घटनाको कारण अत्याधिक गति र ओभरटेकः  यात्रु बस त्रिशुलीमा खस्दा ८ को मृत्यु, १६ घाइते

सीताराम अधिकारी/ रामहरी थापा
धादिङ । ६ भदौ
काठमाडौबाट पोखरा हुँदै जोमसोङ जाँदै गरेको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ छहरे स्थित चिसापानीमा बुधबार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अत्याधिक गतिमा गुडेको बस अनियन्त्रीत भइ दुर्घटना भएको थियो ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएपछि बसमा हाहाकार भएको थियो। झ्यालतिर भएकाहरु हामफालेर ज्यान जोगाएका थिए । केही महिलाहरु ढोकाबाट बाहिर लडेर पानीमा परेका थिए ।
दुर्घटना भएपछि केरा व्यापारी र मकैपोलेर बस्नेहरु तथा स्थानीयबासीले उद्धार गरेका थिए ।
दुर्घटनमा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
दुर्घटनाको आधा घण्टापछि प्रहरी र अन्य उद्धार टोली घटनास्थल आइपुगेको स्थानीबासीले बताएका थिए । प्रहरीले दुर्घटना भएको समय बिहान ११ः१० उल्लेख गरेको छ भने दुर्घटना १०ः५० मा भएको थियो । दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय गजुरीबाट २ किलोमिटर दुरीमा पर्छ ।
मृत्युहुनेहरुमा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ का २५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी –११ का २५ वर्षीय सुमन थापा, पर्वत जिल्ला जलजला गाउँपालिका वडा नम्बर ६ की ४२ वर्षीया राधिका सापकोटा,र पर्वत मोदी गा.पा ५ का ४५ वर्षीय झपट बहादुर क्षेत्री मृत्यु भएको सूचना अधिकारी जैसवारले बताउनुभयो ।
मृत्युहुनेहरुमा ६ जना पुरुष र २ जना महिला छन् । २ जनाको अझै सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइतेभएका मध्ये एक १३ जनालाई काठमाण्डौ प्रेषण (रिफर) गरिएको छ भने ४ जना धादिङमा उपचार गराइरहेका छन् ।
२३ जनाको चलानी लिएर आएको यात्रु बसमा बिचमा कति मानिस चढेका थिए भन्ने यकिन छैन । हरराएकाहरुको खोजिका लागि ससस्त्र प्रहरीको गोताखोर टोलीले खोजविनकार्य जारी राखेको छ ।
सवारी साधन अत्याधिक गति रहेकोले अर्को एउटा गाडीलाई उछिन्न खोज्दा दुर्घटना भएपछि आफूले पहिलो पटक उद्धार गरेको ओभरटेकबाट पछि रहेको म्याजिक भ्इानमा रहेकी शर्मिला बरालले बताउनुभयो ।
अत्याधिक गतिमा गुडेको सवारी साधन साँघुरो बाटोमा ओभरटेक गर्दा दुर्घटना भएरनदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
दुर्घटनामा आदमघाटबाट साे गाडी चढेका गजुरी गापा ८ का १६ वर्षीय सबिन रमतेल हराईरहेकाे परिवारले बताएकाे छ । उनिसंगै गाडी चढेका दाइ शुशिलकाे भने शब भेटिईसकेकाे छ ।

मृत्यु हुनेको संख्या;- (८ जना जसमध्ये २ महिला ६ पुरुष)
मृतककाे नामावली
१) जिल्ला म्याग्दी रघुगंगा गा.पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी मृत्यु भएको ।
२) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल मृत्यु भएको ।
३) जिल्ला धादिङ गजुरी गा.पा ८ बस्ने बर्ष अं. २० को शुसिल रम्तेल मृत्यु भएको ।
४) जिल्ला कास्की फुलबारी ११ बस्ने बर्ष अं. २४/२५ को सुमन थापा मृत्यु भएको ।
५) जिल्ला पर्वत जलजला गा.पा ६ बस्ने बर्ष ४२ की राधिका सापकोटा मृत्यु भएको
६) जिल्ला पर्वत मोदी गा.पा ५ बस्ने बर्ष ४५को झपट बहादुर क्षेत्री मृत्यु भएको ।

घाईतेहरु ट्रमा सेन्टर काठमाण्डौंमा
१) बस चालक जिल्ला म्याग्दी बेनि न.पा ६ बस्ने बर्ष ३० को दिपक थापा टाउकोमा चोट अबस्था मध्यम ।
२) जिल्ला म्याग्दी बेनी न.पा ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था मध्यम ।
३) जिल्ला म्याग्दी बस्ने बर्ष अं ४५ की सुनिता छन्त्याल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।
४) देश बंगलादेश बस्ने बर्ष अं ३५ को सुदिप मण्डल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।
५) जिल्ला म्याग्दी बेनि न.पा ३ बस्ने बर्ष अं. २९ को गौतम छन्त्याल टाउको र हातमा चोट अबस्था गम्भिर ।
६) १४) देश बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट ।
७) जिल्ला बाग्लुङ बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम ।
८) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट अबस्था मध्यम ।
९) जिल्ला म्याग्दी मंगला गा.पा २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर टाउकोमा चोट अबस्था मध्यम ।
घाईतेहरु बयोधाः-
१) जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी शारिरको भित्री भागमा चोट अबस्था मध्यम,बयोधा icuमा उपचार हुदै ।
२) जिल्ला पर्वत फलेवास न.पा बस्ने बर्ष अं.६३ कि हरिकला गौडेल घाँटीमा चोट अबस्था मध्यम, बयोधा icuमा उपचार हुदै ।
३) जिल्ला म्याग्दी अन्पुर्ण गा.पा ३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, टाउकोमा चोट अबस्था गम्भिर बयोधा icuमा उपचार हुदै ।
४) जिल्ला म्याग्दी गरुङ्गंगा गा.पा ७ बस्ने बर्ष २९ को प्रविन पुन टाउकोमा चोट अबस्था गम्भिर, बयोधा icuमा उपचार हुदै ।
घाईते मेडिसिटिः-
१) जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगर टाउको र ढाडमा चोट अबस्था मध्यम, काठमाण्डौ मेडिसिटि ।
घाईते BNB –
१) जिल्ला काठमाण्डौ कृतिपुर न.पा ९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अबस्था सामान्य काठमाण्डौ BNB ।
डिस्चार्ज भएका घाईतेहरु ;
१) सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने बर्ष ३४ को रोशन तामाङ सकुशल उद्वार गरी यस का.को नियन्त्रणमा ।
२) जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट अबस्था सामान्य डिस्चार्ज ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar