धादिङकाे विद्युत महशुल ४१ करोडभन्दा बढी बक्याैता- १ सय ३ ग्राहक कालाे सुचिमा

धादिङकाे विद्युत महशुल ४१ करोडभन्दा बढी बक्याैता- १ सय ३ ग्राहक कालाे सुचिमा

  • Kandara Samachar

  • बिहिबार, साउन ३२, २०८०

  • 218
    SHARES
धादिङकाे विद्युत महशुल  ४१ करोडभन्दा बढी बक्याैता- १ सय ३ ग्राहक कालाे सुचिमा

-नानू कार्की/धादिङ

धादिङमा विद्युत चोरीको घटना गत वर्षको तुलनामा बढ्दै गएपनि कारबाही संख्या समेत बढेको छ ।
४१ करोड भन्दा बढी विद्युतमहशुल उठाउन बाँकी रहेको नेपाल विद्याुत प्राधिकरण धादिङले विद्युत चोरी एक किसिमको चुहावट भन्दै गत आर्थिक वर्ष ०७९÷८० मा चोरीनियन्त्रण, बन्द मिटरफेरिने, तारले छोएका रुख काटिएको( बुस कटिङ), नाङ्गो तारलाई कालो तारमा रुपमान्तरण र ट्रान्सफरमर थप गरेर नियन्त्रण गरिएको जनाएको छ। धादिङमा ६ सय ४४ थान बन्द भएका मिटरसमेत फेरिएको छ ।
विद्युतचोरीमा गनेृहरु २ सय ९४ जनालाई कारबाही गरि १४ लाख ८१ हजार ९६ रुपैयाँ जरिवाना असुल गरेको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।
यस भन्दा अघिल्लो वर्षमा नेपाल विद्युत प्राधिकरण धादिङले १ सय २३ जनालाई विद्युतचोरी अन्तरगत कारबाही गरेको थियो ।
११ करोड २२ लाख ९१ हजार ६ सय ९ युनिट विद्युत विक्रि गरि १ अरब २ करोड २ लाख ८२ हजार ८ सय ४६ को विद्युत विक्रि गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ।
१ हजार ७ सय ४८ जनाको गत आवमा विद्युत लाइन काटिएकोमा १ सय ७७ ग्राहकले अझैसम्म पनि विद्युत रकम भुक्तानी गरेर लाइन जोडेका छैनन् । १ सय ३ जनालाई विद्युत प्राधिकरणले धादिङमा कालोसुचिमा राखेको छ। कालोसूचिमा राखे पछि सरकारी बाँकी सरह असुल गर्ने र तिन पुस्तेमा पर्नेलाई विद्युत सेवा नदिने नियम समेत रहेको पाइएको छ । धादिङ शाखाले गत आवमा एक जना ग्रहकको रकम उठाउन काठमाण्डौ र भक्तपुरमा समेत उनिहरुको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । विद्युत लाइन काटेपछि नेपाल विद्युत प्राधिकरणले ४ करोड २६ लाख ७४ हजार २ सय ४० रुपैयाँ असुली गरेकोपाइएको छ। कालोसूचिमा परेका ग्राहकबाट ३७ लाख १२ हजार ३ सय १ रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।
धादिङमा ४१ करोड ३८ लाख ४५ हजार६ सय १६ रुपैयाँ विद्युतको उठ्नबाँकी रहेकोमा युनाइटेड सिमेन्टकोमात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत महशुलबारे अदालतमा मुद्दा गरिरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar