हराएका कार्कीको हत्या आशंकामा अनुसन्धान

हराएका कार्कीको हत्या आशंकामा अनुसन्धान

  • Kandara Samachar

  • आइतवार, साउन २१, २०८०

  • 340
    SHARES
हराएका कार्कीको हत्या आशंकामा अनुसन्धान

-नानू कार्की,
धादिङ/२१ साउन
विदेशबाट फर्केको ४ महिनापछि हराएका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय शिवक्मार कार्कीको खोजि गरिदिन स्थानीयबासी आन्दोलित भएका छन् ।
क्बोतबाट विदामा आएका कार्की साउन २२ गते श्रमिकको रुपमा विदेश जाने तयारी गरेका थिए । यसअघि स्थानीय ३५ वर्षीय इन्द्र कँडेलसंग साउन ३१ गते घुम्न हिँडेका थिए । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ हुक्काबारमा वियर खाएर निस्केका उनिहरुमध्ये कार्की हराएको र हालसम्म पनि नभेटिएकोले हत्या भएको आशंका गरिएको बेपत्ता भएका शिवकुमारका दाजु सोनिज कार्कीले जानकारी दिनुभयो ।
शिवकुमार आफुले प्रयोग गर्ने मोबाइलबाट कुमारी तिवारीको नश्म्बरमा पटक पटक कल गरेको र अन्तिम पटक सम्पर्क भएको समेत देखिएको आधारमा प्रहरीले बेनिघाट रोराङ गाउँपलिका वडा नम्बर ५ की ४० वर्षीया कुमारी तिवारी, संगै घुम्न हिडेका र अन्तिम बेलामा संगै होटलमा बियर खाने साथी ३५ वर्षीय इन्द्र कँडेललाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ ।
घटना भएपछि बेनिघाटबजार बासीले पक्राउ गरिएकाहरुको मिलेमतोमा शिवकुमारको हत्या गरिएको हुनसक्ने भएकोले खोजि गर्दै कारबाही गर्नुपर्ने माग गरेका छन् । आरोपितहरु बिरुद्ध किटानी जाहेरी हाल दर्ता नभएपनि मानिस हराएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो ।
मानिस हराएको सम्बन्धमा खोजविन गरि कर्तव्य गर्नेहरुलाई कारबाहीको माग गर्दै बजारबासीले बिशालटार प्रहरी चौकी, मा धर्ना दिएका छन् भने बेनिघाट स्थित वडा नम्बर ५ को कार्यालयमा समेत धर्ना दिएइका छन् ।
आरोपित तिवारीलाई पटक पटक प्रहरी कार्यालयबाट जिम्मा लिएर वडा अध्यक्षले लगेको र हराएकाको खो िजगर्न नसघाएपछि बजारबासी वडाअध्यक्ष विजरुद्ध आक्रोसित भएका हुन ।
अाईतबार बेनिघाटमा स्थानियबासीले हत्यारालाई कारबाहि माग गर्दै प्रदर्शन गरे ।
हराएका कार्कीको श्रीमतीनानी मैयाँ श्रेष्ठ कार्कीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे र प्रहरी प्रमुख एसपि मिश्र लाई भेटी सत्यतथ्य पत्ता लगाउन सिअाईबिलाई अनुसन्धानका लागि अनुराेध गर्न अाग्रह गर्नुभयाे ।

राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङकाे नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गैरे र प्रहरी प्रमुख मिश्रलाई ज्ञापनपत्र बुझउनुभएकाे छ । सत्यतथ्य छानविन गरि अपराधीलाई हदैसम्म कारबाही गर्न ज्ञापनपत्रमा माग गरिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar