बैक बित्तिय संस्था कर्मचारी युनियनमा दुवाडी

बैक बित्तिय संस्था कर्मचारी युनियनमा दुवाडी

  • Kandara Samachar

  • शनिबार, साउन १३, २०८०

  • 178
    SHARES
बैक बित्तिय संस्था कर्मचारी युनियनमा दुवाडी

-नानु कार्की
धादिङ/१३ साउन
जिल्लामा छरिएर रहेका बैँक तथा वित्तिय र सहकारी क्षेत्रका कर्मचारीको हक अधिकार सुनिश्चित गर्नका लागि बैँक, वित्तिय संस्था तथा सहकारी कर्मचारी युनियनको तदर्श समिति गठन गरिएको छ ।
शनिबार धादिङबेसीमा भएको भेलाले गोकर्ण दुवाडीको संयोजकत्वमा ९ सदसिय तदर्श समिति गठन गरिएको छ । समितिको सचिवमा जिवन सिलवाल र सदस्यहरुमा खड्गकुमार श्रेष्ठ, नारायण ुवेदी, हरिहरलुइटेल, रेशम खतिवडा, नेत्रकुमारी उप्रेती, कृष्णप्रसाद सिलवाल र नारायण न्यौपानेलाई चयन गरिएको छ ।
बैँक, वित्तिय सस्था तथा सहकारीका कर्मचारीको ट्रड युनियन अधिकारका लागि कर्मचारीहरुलाई संगठित गरिएको हो ।
तदर्श समितिले बैक, वित्तिय र सहकारी क्षेत्रका कर्मचारीहरु संगठित गरि जिल्ला अधिवेशन गर्ने संयोजक दुवाडीले जानकारी दिनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar